७ पुष २०८२, सोमबार
,
Latest
‘चियाको चुस्कीभन्दा चुनावी गफ मिठा’ सामुदायिक वनका उपभोक्ताहरुलाई आगो निभाउने सामग्री सबै मिलेर अगाडि बढे कसैले शान्ति बिथोल्न सक्दैन, समयमै निर्वाचन हुन्छः प्रधानमन्त्री कार्की यु–१९ गल्र्स बास्केटबल लिग उपाधि विजेता भ्याली पब्लिक टोली ‘मिरमिरे’को टाइटल सङमा दयाहाङ, प्रकाश र सिर्जनाबीचको त्रिकोणात्मक प्रेम पर्यटकीय गन्तव्य बन्दै ‘राइनासकोट’ निर्वाचनका लागि आयोग पूर्ण रूपमा तयार छः कार्यवाहक प्रमुख आयुक्त भण्डारी बुटवल–गोरुसिङ्गे सडक आयोजनाः नदीजन्य सामग्री अभावले काम प्रभावित बालेनले दिए मानव अधिकार आयोगमा बयान नेकपा एमाले निर्वाचनमा सहभागी हुन्छः सचिव राई
तपाईं के खोज्दै हुनुहुन्छ ?

बामदेव गौतमले नयाँ पार्टी घोषणा गर्दै



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतम आज नयाँ राजनीतिक दल खोल्ने तयारीमा रहेका छन् ।

गौतमले रिपोर्टर्स क्लबमा दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्दै आफ्नो नयाँ दलको घोषणा गर्न लागेका हुन् । यद्यपी, गौतमले खोल्न लागेको नयाँ दलको नाम भने खुलाईसकिएको छैन ।

पछिल्लो समय नेकपा विभाजन पश्चात् छुट्टै अभियानमा रहेका गौतमले आफू पक्षधरको भेला गर्दै आएका थिए । त्यस्तै गत प्रतिनिधि सभा चुनावमा बर्दियाबाट पराजित गौतमलाई तत्कालीन नेकपा सरकारले राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेको थियो।

मन्त्रिपरिषद्को सिफारिसमा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा सदस्य नियुक्त गरेकी थिइन् ।
एमाले र नेकपामा हुँदा गौतम उपाध्यक्ष समेत रहेका थिए ।