• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo
Latest
★   सन्दीपको मुद्दामा जेठ १ गते पेशी ★   तापक्रम घट्यो: अब आउने वर्षाले आगलागी घटाउन सघाउने ★   नेपालगञ्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी ★   चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान देशभरका अस्पतालमा बिस्तार हुनुपर्छ: उपकुलपति बस्नेत ★   सुनसान जंगलमा भूतको जस्तो आवाज किन र कहाँबाट आउँछ ? ★   बाफलमा आगलागी: तीन जनाको अवस्था गम्भिर ★   ४८ वर्षदेखि ठेकी बनाउँदै टीकाबहादुर ★   खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी ★   सन्दीपबारे रचना रिमाल – दोषी भए कानुन अनुसार सजाय देउ निर्दोष भए विश्वकप खेल्न देउ ★   संसदीय समितिलाई प्रभावकारी बनाउनेतर्फ सबै लाग्नुपर्छ: सांसद सर्वेन्द्रनाथ शुक्ला

अमेरिकाको टेक्ससमा ट्रकभित्र ४६ आप्रवासीको शव फेला



एजेन्सी । अमेरिकाको टेक्सासस्थित सडक छेउमा पार्किङ गरेको ट्रकमा ४६ आप्रवासीको शव फेला परेको छ ।

ट्रकमा एक सयभन्दा बढी यात्रु सवार थिए । जानकारी अनुसार अस्पतालमा ४ जना बालबालिका सहित १६ जनालाई भर्ना गरिएको छ जसको अवस्था चिन्ताजनक रहेको बताइएको छ । प्रहरी टोली घटनास्थलमा पुगेर उनीहरुलाई बाहिर निकाल्दा उनीहरुको छाला तातो रहेको थियो ।

अत्याधिक गर्मीका कारण ट्रकको कन्टेनरको तापक्रम बढेर मानिसहरु गर्मीको सिकार भएको बताइएको छ । उक्त १८ पाङ्ग्रे ट्रक टेक्सासको सान एन्टोनियो सहरमा फेला परेको थियो । यसमार्फत अवैध रुपमा सीमा नाका हुँदै आएको थियो । सान एन्टोनियो शहर टेक्सास–मेक्सिको सीमाबाट करिब २५० किलोमिटर टाढा छ ।

फायर सर्भिसका एक अधिकारीका अनुसार ट्रक कन्टेनरको ढोका आधा खोलिएको थियो । भित्र भेन्टिलेसनको लागि ठाउँ थिएन र कन्टेनरमा पानीको सुविधा थिएन । घाइते ३ जनाको अवस्था सामान्य रहेको बताइएको छ ।

टेक्सासका गभर्नर ग्रेग एबोटले यी मृत्युका लागि अमेरिकी राष्ट्रपति जो बाइडेनलाई दोष दिएका छन् । एबटले घातक खुला सीमा नीतिका कारण यी मृत्यु भएको बताए । गर्मी महिनाहरूमा एन्टोनियो सहरको तापक्रम निकै बढ्छ । सोमबार यहाँको तापक्रम ३९।४ डिग्री सेल्सियस थियो ।