५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानमा गर्मी बढ्यो, तातो हावाले असर गर्न सक्ने



अ+ अ-

टोकिया । जापानमा गर्मी बढ्दो रुपमा रहेको पाइएको छ । यहाँका अधिकारीहरुका अनुसार यहाँ प्रत्येक दिनजसो बढी भन्दा बढी मात्रामा गर्मी बढिरहेको पाइएको छ ।

अधिकारीहरुले यहाँको गर्मी इतिहासमै सबैभन्दा धेरै रेकर्ड भएको पाइएको बताएका छन् । उनीहरुका अनुसार यहाँको तातो हावा र गर्मीका कारण उर्जा आपूर्तिको प्रणालीमा पनि असर गर्न सक्ने देखिएको छ ।

बढी तातोका कारण यस्तो हुन सक्ने भन्दै सर्वसाधारणमा सूचना जारी गरिएको छ । विशेषगरी जापानको राजधानी टोकियोमा पनि गर्मीको असर देखिएको छ ।

यहाँको तापक्रम आइतबार ३४ डिग्री सेल्सियसमा रहेको थियो भने आज सोमबार थप एक बढेर ३५ डिग्री सेल्सियस पुगेको बताइएको छ ।
यो तापक्रम आगामी केही दिनसम्म अझै बढ्न सक्ने भन्दै जापानको जापान मेट्रोलोजिकल एजेन्सीले सतर्क रहन र तातो हावा र मौसमबाट बच्न सक्ने उपायहरु अपनाउन सूचना पनि जारी गरेको छ ।

जापानको मन्त्रिपरिषदका प्रवक्ता योसिहिको इसोजाकीले सर्वसाधारणहरुलाई अति आवश्यक बाहेकका काममा बाहिर ननिस्किन, इन्धनको खपत कम गर्न पनि आग्रह गरिएको जानकारी सोमबार आयोजना गरिएको एक पत्रकार सम्मेलनमा दिनुभएको समाचारमा जनाइएको छ ।