• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   रवि लामिछानेविरुद्धको रिटमा आज पनि सर्वोच्चमा सुनुवाइ ★   ललितपुरका मेयर चिरिबाबुलाई अख्तियारले काट्यो पत्र ★   रास्वपाका मन्त्रीहरुले राजीनामा दिँदै ★   चुरे विनास भएकोका चिन्ता, संरक्षणको माग ★   प्रस्तावित निर्वाचन आयुक्त प्रधानको संसदीय सुनुवाइ आज ★   एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र भुसाल भिड्दै ★   रास्वपाले गर्‍यो महामन्त्री ढकाललाई निलम्बन, बुर्लाकोटीलाई कार्यवाहकको जिम्मेवारी, प्रवक्तामा मनिष ★   पार्टीमा बस्ने वातावरण छैन भन्दै निस्किए महामन्त्री ढकाल ★   ललितपुर महानगरले भत्कायो अख्तियारका आयुक्त अमात्यले अतिक्रमित गरेको संरचना ★   एमालेबाट सरकारमा रहेका मन्त्रीहरूले प्रधानमन्त्रीलाई राजीनामा बुझाए

नेपाल विदेशी शक्तिको रणनैतिक प्रतिष्पर्धास्थल बन्यो – कमल थापा



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले नेपाल विदेशी शक्ति राष्ट्रको क्रिडास्थल बन्न थालेको बताउनुभएको छ ।

काठमाडौंमा सोमवार राप्रपा नेपालका युवाहरुलाई सम्बोधन गर्दै अध्यक्ष थापाले लोकतन्त्र स्थापनाको १६ वर्षमा देशको अवस्था फर्केर पुरानै अवस्थामा आइपुगेको बताउनु भयो । उहाँले पछिल्लो समय देशको राजनीति केही राजनैतिक दलका नेताहरुको कब्जामा रहेको बताउनु भयो । अध्यक्ष थापाले देशलाई आफ्नो मुठीमा लिएका केही नेताहरुले सर्वसत्तावाद लाद्न थालेको आरोप लगाउनु भयो । दलका नेताहरुको कारण राष्ट्रियतासमेत खतरामा परेको बताउनु भयो । कमजोर बनिरहेको राष्ट्रियतामा विदेशी शक्ति केन्द्रको चलखेल र प्रभाव बढीरहेको बताउनु भयो । उहाँले नेपाल विदेशी शक्तिको रणनैतिक प्रतिष्पर्धास्थल बनेको बताउनु भयो ।

अध्यक्ष थापाले नेपालमा धर्म परिवर्तन डढेलो जसरी फैलिरहेको बताउनु भयो । यसले नेपालीको एकताको आधार भत्काउन थालेको बताउनु भयो । यस्तै अध्यक्ष थापाले आगामी संघीय निर्वाचनमा राप्रपा नेपाललाई जसरी पनि राष्ट्रिय पार्टी बनाउने गरेर काम गर्नुपर्ने बताउनु भयो । राप्रपा नेपालका कार्यकर्ताले मिहेनत गरेर भएपनि ३ प्रतिशतको थ्रेसहोल्ड कटाएर पार्टीलाई राष्ट्रिय पार्टी बनाउने गरी सबैले प्रचार प्रसार अभियान थाल्नुपर्ने बताउनु भयो ।

राप्रपा नेपालले प्रदेश स्तरीय स्वयंसेवकमार्फत पार्टीका एजेण्डाहरुलाई जनतामाझ लैजान एकदिने प्रशिक्षण दिएको छ । यसरी खटिने स्वयंसेवकले वडा स्तरमा समेत कमिटी गठन गर्ने, भेला गर्ने, प्रचारप्रसार गर्ने र संगठन निर्माण गर्ने केन्द्रिय प्रशिक्षण विभाग प्रमुख सुशील श्रेष्ठले जानकारी दिनुभयो ।