३ भाद्र २०८३, बुधबार
,
Latest
नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

आठौं संस्करणको विद्या संस्कार शिक्षक फुटसल फागुन २१मा



अ+ अ-

काठमाण्डौं, १४ फागुन । गोकर्णेश्वर नगरपालिका ८, जोरपाटी अत्तरखेलस्थित चेल्सी इन्टरनेशनल फाउण्डेशन अन्तर्गत विद्या संस्कार स्कुलको खेलकूद विभागको आयोजनामा यही फागुन २१ गते शनिबार आठौं चरणको विद्या संस्कार अन्तर विद्यालय शिक्षक फूटसल प्रतियेगिता २०७८ सञ्चालन हुने भएको छ ।  

प्रतियोगितामा पहिलो हुने टिमलाई ट्रफि, पदक र प्रमाणपत्रको साथै नगद २० हजार र दोस्रो हुने टिमलाई ट्रफि, पदक, प्रमाणपत्र र नगद १० हजार प्रदान गरिने विद्या संस्कार स्कुलका शैक्षिक एवम् प्रशासन प्रमुख प्रणय मोक्तानले बताउनुभयो ।

विद्या संस्कार स्कूलको खेलकूद विभाग प्रमुख राजन न्यौपानेका अनुसार २०७६ को माघमा सातौं संस्करणको सो प्रतियोेगिता आयोजना गरिएता पनि सोही वर्षको चैतदेखि विश्वव्यापी महामारी कोभिड—१९का कारण लकडाउन भएपछि २०७७ सालमा प्रतियोगिता सञ्चालन हुन सकेको थिएन । 

आठौं संस्करणको प्रतियेगितामा काठमाण्डौ र ललितपुरका गरि १२ वटा विद्यालयका खेलकूद शिक्षकले भाग लिने टुंगो लागेको छ । जसअनुसार न्यू एरा स्कुल तारकेश्वर, न्यू जेनिथ स्कुल स्वयम्भू, डेफोडिल स्कुल सुन्दरीजल, साइपाल एकेडेमी धुम्वाराही ,रोजवड स्कुल बुद्धनगर, डिएभि स्कुल धोविघाट,ललितपुर एजिएम स्कुल सिनामंगल, रिब्स स्कुल कलंकी, द एक्सेल्सर स्कुल स्वयम्भू, प्रिमियर स्कुल सातदोवाटो, सेन्ट जेभियर्स स्कुल गोदावरी र आयोजक विद्या संस्कार स्कुल जोरपाटी, अत्तरखेल रहेका छन् ।