१७ असार २०८३, बुधबार
,
Latest
हवाई इन्धन सस्तो भएसँगै आन्तरिक उडानको भाडा घट्यो, नयाँ दर आजैदेखि लागू राष्ट्रिय ध्वजावाहकको पुनर्जागरणका लागि सबै इमान्दार बनौँः मन्त्री पौडेल १०० दिनमा उद्योग मन्त्रालयका उपलब्धि सार्वजनिक, प्रधानमन्त्री कार्यालयमा प्रगति विवरण पेस ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक गर्न मिल्ने सुविधा, लगइन नगरि सेकेन्डभरमै… ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक गर्न मिल्ने सुविधा नेपाल कानुन समाजका लेखा प्रमुख गणेशमान प्रधानलाई पत्नी शोक शान्ति बाटिकामा रहेका संरचना तत्काल हटाउन कार्यवाहक प्रमुख डंगोलको निर्देशन रास्वपाका तीन केन्द्रीय आयोगमा पदाधिकारी मनोनयन विदेशस्थित जनसम्पर्क समितिलाई कांग्रेस निर्वाचन समितिको निर्देशन, प्रतिनिधिको उपस्थितिमै महाधिवेशन गर्नुपर्ने पेट्रोलियम पदार्थ सस्तो भएपछि सुरक्षा निकायका पम्पमा उपभोक्ताको भीड, निजी पम्प बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

भाइरल ज्वरोको समस्या बढ्दै



अ+ अ-

सुदूरपश्चिम । कोरोना भाइरस सङ्क्रमणको जोखिमका बीच सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा भाइरल ज्वरोको समस्या बढ्न थालेको छ । उच्च ज्वरो आउने, खान मन नलाग्ने, रुघाखोकीको लक्षणका देखिने बिरामी बढ्न थालेको स्वस्थ्यकर्मीले बताएका छन् । कोरोना सङ्क्रमण हुने त्रासका बीच देखिन थालेको भाइरल ज्वरोको समस्याले थप सास्ती देखिएको धनगढी उपमहानगरपालिकाका मोहन पाण्डेयले बताउनुभयो ।

सेती प्रादेशिक अस्पताल धनगढीका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले मौसम परिवर्त भइरहँदा ज्वरो र रुघाखोकीको लक्षण भएका बिरामी उपचारार्थ आउने गरेको जानकारी दिनुभयो । ‘‘भाइरल ज्वरो होकी अन्य ब्यक्टिेरियलका बिरामी हुन भन्नेमा एकिन जानकारी हुन सकेको छैन’’, उहाँले भन्नुभयो, ‘‘अस्पतालमा दैनिक फाटफुट रुपमा यस्ता बिरामी उपचारार्थ आउने गरेका छन् ।’’

कैलाली, डोटी, बैतडी र बाजुरालगायत जिल्लाका स्वास्थ्य संस्थामा यस्ता बिरामी उपचारका लागि आउने गरेको बताइएको छ । मौसममा आएको परिवर्तन भइरहेको अहिलेको समयमा हरेकले आफ्नो व्यक्तिगत र वातावणरीय सरसफाइमा ध्यान दिन र कोरोना भाइरसको  सङ्क्रमणबाट जोगिन स्वास्थ्य सुरक्षाका मापदण्ड पालन गर्न स्वास्थ्यकर्मीको सल्लाह छ । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको सङ्क्रमण दर असार महिना सुरु भएसँगै घट्दै गएको छ ।

स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार गएको हप्तामा नमूना परीक्षण गरिएका नौ हजार ८४५ मध्ये १८४ मा कोरोना भाइरस ‘पोजेटिभ’ देखिएको छ । यो अवधिमा १६५ सङ्क्रमित उपचार व्यवस्थापनपछि डिस्चार्ज हुनुभएको छ । गएको २४ घण्टामा २० जना सङ्क्रमित थपिँदा १४ जना डिस्चार्ज भएका छन् ।  प्रदेशमा हालसम्म जम्मा तीन लाख २७ हजार ९४२ को कोरोना भाइरसको नमूना परीक्षण गरिएकोमा ४६ हजार ५८० जनामा सङ्क्रमण देखिएको छ ।

कूल ४५ हजार ९३० सङ्क्रमित उपचार व्यवस्थापनपछि घर फर्किनुभएको छ ।  प्रदेशमा गएको वैशाख र जेठ महिनासम्म यो रोगको सङ्क्रमण र मृत्यु हुने दर उच्च थियो । तोकिएको स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा सर्वसाधारणबाट भइरहेको लापरवाहीले कोरोना भाइरस सङ्क्रमण थप बढ्न सक्ने जोखिम देखिएको स्वास्थ्यकर्मीको भनाइ छ । कोरोना भाइरस रोकथामका लागि जारी गरिएको निषेधाज्ञा खुकुलो पारिएसँगै तोकिएको स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरी सर्वसाधारणको चहलपहल बढ्दा यो रोगको जोखिम यथावत रहेको हो । 

पछिल्लो महिनामा कोरोना भाइरससँग मिल्ने लक्षण देखिएपनि धेरै सर्वसाधारणले कोरोना भाइरसको नमूना परीक्षण गराउन डराउन थालेका छन् ।  नमूना परीक्षण गराउँदा आउने पोजेटिभ नतिजाले मानसिक तनाब हुने भन्दै धेरै नागरिकले आफ्नो नमूना परीक्षण गराउन नमानेको अहेब भक्तबहादुर विष्ट बताउनुहुन्छ । ‘‘पोजेटिभ नतिजा आउँने मध्ये कतिपयमा डराउने मानसिकता देखिन्छ’’, विष्टले भन्नुभयो, ‘‘बलियो आत्मबल भएकामा भने यस्तो समस्या देखिँदैन ।’’  




भर्खरै