२५ भाद्र २०८३, बिहीबार
,
Latest
अस्पतालले भर्ना नलिएपछि सडकमा सुत्केरी, संसद्मा उठ्यो प्रश्न केही जिल्लामा अब घरेलु कार्यालयबाट यातायातको काम गरिन्छः मुख्यमन्त्री आचार्य उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवद्वारा राजीनामा नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा प्रदेश प्रमुखसमक्ष लोक सेवा आयोगको प्रतिवेदन पेश नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा हाम्रो पात्रो प्रयोगकर्ताबाट विपद् उद्धार कोषमा १ करोड २५ लाख सहयोग रसुवा बाढीमा मृत्यु हुनेको संख्या १,३७७ पुग्यो, ५ हजारभन्दा बढी बेपत्ता ग्यास अभावबारे मन्त्रीको अभिव्यक्तिप्रति महासंघको आपत्ति भोटेकोशी बाढीः आठ मिलियन युरो सहायता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिममा २० सङ्क्रमित थपिए



अ+ अ-

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा आज थप २० जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ । प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट एक हजार ९६ जनाको नमूना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

आज सङ्क्रमितमध्ये १८ जनामा पीसीआर र दुई जनामा एन्टिजेन विधिमार्फत गरिएको थियो । पीसीआर विधिमार्फत गरिएको परीक्षणमा सेती प्रादेशिक अस्पतालमा १४ र डडेल्धुरा अस्पतालमा गरिएको चार जनामा सङ्क्रमण पुष्टि भएको हो । 

एन्टिजेन विधिमार्फत गरिएको परीक्षणमा कञ्चनपुर र कैलालीका एकरएक जनामा कोरोना सङ्क्रमण देखिएको निर्देशनालयले जनाएको छ । प्रदेशभर १४ जना सङ्क्रमण मुक्त भएका छन् ।  यसअघि शुक्रबार सुदूरपश्चिमका १३ जनामा सङ्क्रमण पुष्टि हुँदा १६ जना सङ्क्रमणमुक्त भएका थिए ।