• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo
Latest
★   विश्वकप खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ (फोटो फिचरसहित) ★   आउँदो २०८४ साल सम्म एकीकृत समाजवादी र कलम चिन्ह रहन्छ कि रहदैन थाहा छैन: पूर्वमन्त्री… ★   भारतका प्रधान न्यायाधीश डा चन्द्रचुड नेपालमा ★   निराश हुनुपर्ने अवस्था छैन: अध्यक्ष ढकाल ★   अत्यावश्यक इन्टरनेट सेवा अवरुद्ध गरिए कारबाही हुन्छः दूरसञ्चार प्राधिकरण ★   सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगन ★   डर्टमण्डका लिजेण्ड रोएसले सिजनको अन्त्यमा क्लब छाड्ने ★   काठमाडौं महानगरद्वारा न्युरोड क्षेत्रमा गरेको व्यवसाय र घरबहाल कर सम्बन्धि अनुगमन ★   खेलकुद ऐन संशोधन गरिँदै, विद्यमान ऐन नै हुन सकेको छैन पालना ★   सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगन

आमा बन्दै आलिया भट्ट



काठमाडौं । बलिउडको चिरपर्चित जोडि रणवीर कपुर र आलिया भट्ट चाँडै नै अभिभावक बन्दैछन् । सोमबार बिहान इन्ष्टाग्राममा तस्वीर सार्वजनिक गर्दै आलियाले आफू गर्भवती भएको खुलासा गरेकी छिन् । गत अप्रिल १४ मा रणवीर र आलियाको विवाह भएको थियो ।

तस्वीरमा उनी अस्पतालको शैय्यामा आफ्नो गर्भावस्थाको जाँच गराउँदै गरेको देख्न सकिन्छ । सबैलाई सरप्राइज दिंदै उनले क्याप्शन लेखेकी छिन्, ‘हाम्रो बच्चा चाँडै आउँदैछ’ ।

आलियाको यस्तो घोषणा लगत्तै रणवीर र आलियालाई बधाईको ओइरो लागेको छ । करण जोहर, प्रियंका चोपडा लगायतले बलिउडका विभिन्न कलाकारहरुले पनि बधाई दिएका छन् ।

आलियाको सो तस्वीरमा एक मिनेटमै पाँच लाख लाइक प्राप्त भएको थियो ।