१३ मंसिर २०८१, बिहीबार
,
Latest
काँग्रेस, एमाले र माओवादीबीच भाग नमिल्दा न्यायाधीश नियुक्ति हुन सकेनः अध्यक्ष लिङदेन रवि लामिछाने सवार विमान पोखराबाट उड्यो सरकारले चार महिनामा दुग्ध किसानलाई १ खर्ब ३० करोड भुक्तानी गर्यो: कृषिमन्त्री अधिकारी वनमन्त्री ठकुरीसँग दक्षिण कोरियाका राजदूतको शिष्टाचार भेट सरकारप्रति जनतामा असन्तुष्टि, आक्रोश र वितृष्णा बढ्दै गयोः मोहन वैद्य सुदूरपश्चिम रोयल्सको ट्राभल पार्टनरमा राइका आज मध्यरातदेखि मौन अवधि सुरु, के-के गर्न पाइँदैन? रवि लामिछानेलाई साढे ५ बजे काठमाडौँ ल्याइने उद्योगमन्त्री भण्डारी र दक्षिण कोरियाका राजदूत तेयोङबीच शिष्टाचार भेट मदनभण्डारी स्पोर्ट्स एकेडेमीले १८ खेलको राष्ट्रिय प्रतियोगिता गर्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जिसस तनहुँमा गठबन्धनका उम्मेदवार विजयी



अ+ अ-

तनहुँ । जिल्ला समन्वय समिति तनहुँमा गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । समन्वय समितिमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का उम्मेदवार निर्वाचित भएका हुन् ।

समन्वय समितिको प्रमुखमा शान्तिरमण वाग्लेको मात्रै एकल उम्मेदवारी दर्ता भएपछि उहाँ निर्विरोध निर्वाचित हुनुभएको छ । समन्वय समिति तनहुँको निर्वाचन कार्यतालिका बमोजिम वाग्लेले आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराउनुभएको थियो ।

नेपाली कांग्रेसका तर्फबाट वाग्ले दोस्रो कार्यकालका लागि समन्वय प्रमुख निर्वाचित हुनुभएको हो । वाग्ले व्यास नगरपालिका–३ बाट वडा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

यसैगरी उपप्रमुखमा नेकपा (माओवादी केन्द्र)का वासुदेव थापा निर्विरोध निर्वाचित हुनुभएको छ । थापा आँबुखैरेनी गाउँपालिका–२ बाट वडा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

जिसस निर्वाचनका लागि नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)बीच सहकार्य गर्ने सहमतिबमोजिम सदस्यमा कांग्रेसका तर्फबाट छ र माओवादीका तर्फबाट दुई जनाको उम्मेदवारी दर्ता भएको थियो । नेकपा (एमाले) ले भने उम्मेदवारी दर्ता नगराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सदस्यका लागि नेपाली कांग्रेसका तर्फबाट भानु नगरपालिका–१३ का चिरञ्जीवी ढकाल, आँबुखैरेनी गाउँपालिका–४ का नेत्र गुरुङ, ऋषिङ गाउँपालिका–२ की पानकुमारी खाँण, शुक्लागण्डकी नगरपालिका–१० का तिलादेवी राना र म्याग्दे–४ का डोलबहादुर सुनारको उम्मेदवारी दर्ता भएको छ ।

माओवादीका तर्फबाट सदस्यमा शुक्लागण्डकी नगरपालिका–११ का वडा सदस्य खिमलाल भण्डारी र महिला सदस्यमा बन्दीपुरकी लक्ष्मी गुरुङको उम्मेदवारी दर्ता भएको छ । सबै सदस्यहरु पनि निर्विरोध निर्वाचित हुनुभएको छ ।