७ आश्विन २०८१, सोमबार
,
Latest
चर्चित धावक रोकायालाई ‘उज्ज्वल तारा खेल सम्मान—२०८१’ प्रदान गरिने श्रीलङ्काका नवनिर्वाचित राष्ट्रपतिलाई अध्यक्ष प्रचण्डको बधाई प्रहरीको हिरासतबाट धनुषामा ८ जना थुनुवा फरार नेपाली कागज उद्योग सञ्चालन भएपछि लोक्ताको सदुपयोग सामुदायिक विद्यालयले विद्यार्थीलाई टपरी र चकटी बनाउने सीप सिकाउँदै प्रधानमन्त्री ओलीको उपस्थितिमा अमेरिकामा हुने भनिएको वृहत कार्यक्रम स्थगित आर्सनल र म्यान्चेस्टर सिटीले अंक बाँडे रविले भने– न्यूयोर्कबाट आँखा नसन्काउनुस् प्रधानमन्त्रीज्यू विश्वकप लिग–२ः नेपालको लगातार तेस्रो हार रवि प्रहरीको निगरानीमै, प्रतिवाद गर्ने चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

जिसस सप्तरीमा कांग्रेसका साह विजयी



अ+ अ-

सप्तरी । जिल्ला समन्वय समिति सप्तरीमा सत्तारूढ गठबन्धनको प्यानल विजयी भएको छ । आज सम्पन्न जिसस प्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका शिवनारायण साह विजयी हुनुभएको हो । उहाँले २३ मत ल्याएर विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एमाले) गठबन्धनका उम्मेदवार छेदी अरगरिया यादवले ११ मत प्राप्त गर्नुभयो । सप्तरीमा १८ स्थानीय तहका प्रमुख उपप्रमुख गरी समितिको निर्वाचनमा ३६ जनाले भाग लिनुभएको थियो । उपप्रमुखमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का शम्भुकुमार यादव २० मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी एमालेका देवकान्त चौधरीले १४ मत ल्याउनुभयो । महिला सदस्यमा नेपाली कांग्रेसकी रञ्जिताकुमारी चौधरी (थरुनी), जनमत पार्टीकी प्राणवती देवी सरदार र नेकपा (एकीकृत समाजवादी) की सविताकुमारी साह निर्वाचित हुनुभयो ।

सदस्यमा नेपाली कांग्रेसका जागेश्वर यादव, जनमत पार्टीका बृधिलाल यादव र लोसपाका सत्यनारायण मण्डल निर्वाचित भएका छन् । दलित वा अल्पङ्ख्यक सदस्यमा एकीकृत समाजवादीका बौहुरी भगत निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । कूल ३६ मतमध्ये दुई मत बदर भएको छ । नेपाली कांग्रेस, जनमत पार्टी र लोसपा पार्टी मिलेर कांग्रेसका निर्वाचित साहलाई उम्मेदवार बनाइएको थियो ।