• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo

काठमाडौं उपत्यकामा हैजाका बिरामीको संख्या १० पुग्यो



प्रतीकात्मक तस्बिर

काठमाडौं । काठमाडौं उपत्यकामा हैजाका बिरामीको संख्या १० पुगेको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंका अनुसार नैकाप र पाटनमा थप एक–एक जना हैजाका बिरामी भेटिएको हो ।

कार्यालय स्रोतका अनुसार पाटनमा भेटिएका बिरामीमा गरिएको आरडीटी परीक्षणको रिपोर्ट पोजेटिभ देखिएको छ । तर, कल्चर रिपोर्ट आउन बाँकी छ । नैकापका बिरामीको भने कल्चर रिपोर्ट पनि पोजिटिभ देखिएको छ ।

यसअघि बागबजार, डिल्लीबजार, कपन, सानेपा, बालाजु, बल्खु र थानकोटका मानिसमा हैजा पुष्टि भइसकेको छ ।