५ श्रावण २०८३, मंगलवार
,
Latest
मानिस निर्यात गरेर देश बन्दैन, उत्पादित वस्तु निर्यात गर्नुपर्छः प्रधानमन्त्री साह पोखरामा श्रृङ्खलावद्ध चोरीः चार विदेशीसहित ९ जनाको गिरोह पक्राउ बर्डफ्लूको प्रभाव हटेसँगै अण्डाको भाउ बढ्यो, किसानलाई राहत डा देवेन्द्रराज पाण्डेको साधाना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो: राष्ट्रपति पौडेल कर्णालीका सडक पूर्वाधारको अनुगमन गरेर फर्के मन्त्री लम्साल ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता तयारी पोसाक उद्योगको विकास र प्रवद्र्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी बाँके जिल्ला प्रहरीमा २१६ मुद्दा दर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजेट ल्याउन एमालेसँग ३ बुँदे सहमति, नीति तथा कार्यक्रम सार्वजनिक गरिँदै



अ+ अ-

काठमाडौं । हेटौंडा उपमहानगरपालिकाको नीति तथा कार्यक्रम र बजेट आज ल्याइने भएको छ ।

नेकपा एमालेसँग तीन बुँदे सहमति भएसँगै आइतबार हेटौंडा उपमहानगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक हुने भएको हो । आज ३ बजे हेटौँडा उपमहानगरपालिकाले नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्दैछ ।

नगर सभा सञ्चालनको लागि हेटौंडाकी मेयर मीनाकुमारी लामा र उपमेयर राजेश बानियाँले एमालेसँग गरेको छलफलमा तीन बुँदे सहमति भएको थियो ।

एमाले सम्बद्ध ५४ जना बहुमत सदस्यले पेश गरेको संशोधन प्रस्ताव नगर सभापछि कानुनी परामर्श गरि प्रक्रिया अगाडि बढाउने सहमति बनेको बताइएको छ ।

त्यस्तै, विषयगत समितिहरु बहुमत सदस्य रहेको एमालेसँग छलफल गरि सहमतिको आधारमा निर्माण गर्ने र बजेट निर्माणमा सामूहिक छलफलबाट निर्णय गर्ने सहमति भएको हो ।