१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजेट ल्याउन एमालेसँग ३ बुँदे सहमति, नीति तथा कार्यक्रम सार्वजनिक गरिँदै



अ+ अ-

काठमाडौं । हेटौंडा उपमहानगरपालिकाको नीति तथा कार्यक्रम र बजेट आज ल्याइने भएको छ ।

नेकपा एमालेसँग तीन बुँदे सहमति भएसँगै आइतबार हेटौंडा उपमहानगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक हुने भएको हो । आज ३ बजे हेटौँडा उपमहानगरपालिकाले नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्दैछ ।

नगर सभा सञ्चालनको लागि हेटौंडाकी मेयर मीनाकुमारी लामा र उपमेयर राजेश बानियाँले एमालेसँग गरेको छलफलमा तीन बुँदे सहमति भएको थियो ।

एमाले सम्बद्ध ५४ जना बहुमत सदस्यले पेश गरेको संशोधन प्रस्ताव नगर सभापछि कानुनी परामर्श गरि प्रक्रिया अगाडि बढाउने सहमति बनेको बताइएको छ ।

त्यस्तै, विषयगत समितिहरु बहुमत सदस्य रहेको एमालेसँग छलफल गरि सहमतिको आधारमा निर्माण गर्ने र बजेट निर्माणमा सामूहिक छलफलबाट निर्णय गर्ने सहमति भएको हो ।