२ भाद्र २०८३, मंगलवार
,
Latest
एनएसएसएफ र कराते महासंघबीच सम्झौता भारतको कर्नाटक विरुद्ध नेपालको सानदार जित सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार सरकारको प्राथमिकतामा छ : शिक्षामन्त्री पोखरेल रेडक्रस सोसाइटीको जग्गा खरिदमा अनियमितता, ठगी गरेको आरोपमा ५ जना पक्राउ प्रदेशसभा सदस्य देउवा पदमुक्त ‘गण्डकी क्षेत्रका पर्यटनको प्रचुर सम्भावनालाई उजागर गरौँ’ स्थानीय निर्वाचनको तयारीमा रास्वपा, भाद्र ५ मा केन्द्रीय समिति बैठक खार्किभमा रुसी हमलामा १० जनाको मृत्यु टर्कीमा मिनीबस दुर्घटना हुँदा चार जनाको मृत्यु, १० घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय कप्तान रोहित शर्मालाई कोरोना संक्रमण



अ+ अ-

एजेन्सी । इंग्ल्याण्ड भ्रमणमा रहेको भारतीय क्याम्पबाट नराम्रो खबर बाहिर आएको छ । भारतीय टोलीका कप्तान रोहित शर्मा कोरोना संक्रमित भएका छन् । उनी इंग्ल्याण्डविरुद्धको टेस्टबाट बाहिरिएका छन् ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्डले एक विज्ञप्ति जारी गर्दै यसको पुष्टि गरेको हो । रोहित शर्माको र्‍यापिड एन्टिजेन टेस्ट शनिबार गरिएको विज्ञप्तिमा भनिएको छ । उनी हाल टिम होटलमा आइसोलेसनमा छन् र बीसीसीआई मेडिकल टोलीको हेरचाहमा छन् ।

यसैबीच, मिडिया रिपोर्टका अनुसार रोहितको अनुपस्थितिमा जसप्रित बुमराह टोलीको कप्तान हुनेछन् । यद्यपी यस विषयमा बीसीसीआईको तर्फबाट कुनै आधिकारिक बयान आएको छैन ।

भारत र इंग्ल्याण्डबीचको एकमात्र टेस्ट जुलाई १ देखि सुरु हुँदैछ । यो गत वर्ष भएको टेस्ट सिरिजको एक हिस्सा हो । गत वर्ष इंग्ल्याण्ड भ्रमणमा पाँच टेस्टको सिरिज खेल्न गएको भारतीय टोलीले कोरोनाको कारण अन्तिम खेल खेल्न अस्वीकार गरेको थियो ।

यस भ्रमणमा बाँकी एउटा परीक्षण भइरहेको छ । पाँच टेस्टको शृङ्खलामा भारतीय टोली अहिले २–१ ले अगाडि छ ।