७ आश्विन २०८१, सोमबार
,
Latest
नेपाली कागज उद्योग सञ्चालन भएपछि लोक्ताको सदुपयोग सामुदायिक विद्यालयले विद्यार्थीलाई टपरी र चकटी बनाउने सीप सिकाउँदै प्रधानमन्त्री ओलीको उपस्थितिमा अमेरिकामा हुने भनिएको वृहत कार्यक्रम स्थगित आर्सनल र म्यान्चेस्टर सिटीले अंक बाँडे रविले भने– न्यूयोर्कबाट आँखा नसन्काउनुस् प्रधानमन्त्रीज्यू विश्वकप लिग–२ः नेपालको लगातार तेस्रो हार रवि प्रहरीको निगरानीमै, प्रतिवाद गर्ने चेतावनी नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल प्रधानमन्त्री ओेली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधि सभा बैठकको शून्य समयमा कसले के भने ?



file: rss
अ+ अ-

काठमाडौं । प्रतिनिधि सभा सदस्य अमृता थापाले उपसभामुख र राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचन गरी संघीय संसदलाई पूर्णता दिन माग गर्नुभएको छ ।

आईतवार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्य थापाले उपसभामुख र राष्ट्रिय सभाको उपाध्यक्षको पद लामो समयदेखि खालि भएको उल्लेख गर्दै तत्काल निर्वाचन गरी संघीय संसदलाई पूर्णता दिन माग गर्नुभएको छ । उहाँले यसपालिको स्थानीय तहको निर्वाचनमा १२४ जना दलित महिला सदस्य खालि भएको भन्दै कानून संशोधन गरेर भएपनि खालि ठाउँमा जनप्रतिनिधि पूर्ति गर्ने व्यवस्था गर्न पनि माग गर्नुभयो ।

प्रतिनिधि सभा सदस्य आशाकुमारी बि.क.ले गत कार्तिक ३० गते बझाङमा आएको वर्षाले ११ सय घर परिवार विस्थापित भएको भन्दै पूर्ण क्षति भएका घरहरु अझै बन्न नसकेकोप्रति सरकारको जवाफ माग गर्नुभयो । उहाँले विपद् व्यवस्थापनमा सरकारको तयारी के छ त्यसको पनि जवाफ माग गर्नुभयो ।

प्रतिनिधि सभा सदस्य इन्दुकुमारी शर्माले नागरिकता विधेयक पास नहुँदा कतिपय नागरिकले देशभित्रै अनागरिक सरह कष्टकर जीवन बाँच्नुपरेको बताउनु भयो । उहाँले संसदको चालु अधिवेशनमै नागरिकता विधेयक पारित गर्न माग गर्नुभयो ।

प्रतिनिधि सभा सदस्य कलिला खातुनले काठमाडौंमा हैजा फैलिएको समाचारहरु आएको उल्लेख गर्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराउनु भयो ।

प्रतिनिधि सभा सदस्य कृष्णगोपाल श्रेष्ठले गत जेठ १४ गते बजेट तयारीका क्रममा अर्थ मन्त्रालयमा अनाधिकृत व्यक्तिहरुको हस्तक्षेप भएको भन्दै उहाँले अर्थ मन्त्रालयको सो दिनको फुटेज सार्वजनिक गर्न माग गर्नुभयो ।

प्रतिनिधि सभा सदस्य कृष्णभक्त पोखरेलले विपद् व्यवस्थापनका लागि पूर्व तयारी, उद्धार, राहत र पुनस्र्थापनाका लागि सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले सांसदहरुलाई पनि विपद् अनुगमनका काममा प्रत्यक्ष सहभागी हुन आग्रह गर्नुभयो । उहाँले नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक रुपमा हुने पहिरोको समस्यालाई दीर्घकालीन रुपमा समाधान गर्न सरकारसँग माग गर्नुभयो ।

प्रतिनिधि सभा सदस्य खगराज अधिकारीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबिरुद्धको महाअभियोग प्रश्स्ताव संसदीय समितिमा लगेर छानबिन र सुनुवाई हुनुपर्ने बताउनु भयो । उहाँले महाअभियोग प्रस्ताव समितिमा लैजान नसक्नु संसदको असक्षमता भएको टिप्पणी गर्नुभयो ।

प्रतिनिधि सभा सदस्य गणेश सिंह ठगुन्नाले बजारमा महंगी बढेकाले बजारमा हुने कालाबजारी र महंगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।

प्रतिनिधि सभा सदस्य गंगा चौधरी सत्गौवाले बलात्कारमा संलग्न राजनीतिक पहुँचवाला व्यक्ति जोडिएको मुद्दा कमजोर बनाउन महान्यायाधिवक्ता र उनको सचिवालय सक्रिय भएको बताउनु भयो । मुद्दा कमजोर बनाउन नमान्ने सरकारी वकिल संगीता थोकरलाई सरुवा गरिएको उल्लेख गर्दै उहाँले सरुवा बदर गर्न माग गर्नुभयो । उहाँले महान्यायाधिवक्ता बलात्कारको अभियुक्तलाई जोगाउन लागेको भन्दै महान्यायाधिवक्ताको राजीनामा माग गर्नुभयो ।

प्रतिनिधि सभा सदस्य घनश्याम खतिवडाले बजेट बनाउने क्रममा अर्थमन्त्रीले अनाधिकृत व्यक्तिहरुलाई अर्थ मन्त्रालयमा प्रवेश गराएकाले अर्थमन्त्रीले अविलम्ब राजीनामा गर्नुपर्ने माग गर्नुभयो ।

उहाँले सरकारले सुशासनको प्रत्याभुति हुने गरी काम गर्न नसकेको भन्दै सुशासन प्रत्याभुति हुने गरी काम हुनुपर्ने धारणा राख्नुभयो ।