१७ असार २०८३, बुधबार
,
Latest
हवाई इन्धन सस्तो भएसँगै आन्तरिक उडानको भाडा घट्यो, नयाँ दर आजैदेखि लागू राष्ट्रिय ध्वजावाहकको पुनर्जागरणका लागि सबै इमान्दार बनौँः मन्त्री पौडेल १०० दिनमा उद्योग मन्त्रालयका उपलब्धि सार्वजनिक, प्रधानमन्त्री कार्यालयमा प्रगति विवरण पेस ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक गर्न मिल्ने सुविधा, लगइन नगरि सेकेन्डभरमै… ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक गर्न मिल्ने सुविधा नेपाल कानुन समाजका लेखा प्रमुख गणेशमान प्रधानलाई पत्नी शोक शान्ति बाटिकामा रहेका संरचना तत्काल हटाउन कार्यवाहक प्रमुख डंगोलको निर्देशन रास्वपाका तीन केन्द्रीय आयोगमा पदाधिकारी मनोनयन विदेशस्थित जनसम्पर्क समितिलाई कांग्रेस निर्वाचन समितिको निर्देशन, प्रतिनिधिको उपस्थितिमै महाधिवेशन गर्नुपर्ने पेट्रोलियम पदार्थ सस्तो भएपछि सुरक्षा निकायका पम्पमा उपभोक्ताको भीड, निजी पम्प बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरा वृद्धाश्रमलाई अक्सिजन हस्तान्तरण



अ+ अ-

कास्की । रोटरी क्लब अफ पोखराले सीतापाइलास्थित पोखरा वृद्धाश्रमलाई अक्सिजन मेसिन  उपलब्ध गराएको छ । अमेरिकामा निर्मित सो मेसिनले प्रतिघण्टा १० लिटर अक्सिजन उत्पादन गर्न सक्ने जनाइएको छ । क्लबका अध्यक्ष निर्मल कर्माचार्यले आश्रमका अध्यक्ष कुसुमकेशव पराजुलीलाई सो उपकरण हस्तान्तरण गर्नुभयो । कार्यक्रममा अध्यक्ष कर्माचार्यले शिक्षा र स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको रोटरीले यसअघि पोखरा–१७ नगर स्वास्थ्यचौकी, डेभिजफल युवा क्लब, भलाम, निर्मलापोखरी, भरतपोखरीलगायत मुस्ताङमा समेत आवश्यकताअनुसार अक्सिजन सिलिन्डरसमेत वितरण गरेको जानकारी दिनुभयो ।

उहाँका अनुसार क्लबको रु आठलाख सहयोगमा मुटुरोग उपचारका लागि  पश्चिमाञ्चाल क्षेत्रीय अस्पताल पोखरामा   ‘क्याथ ल्याब’ स्थापना गरी सञ्चालनको तयारी गरिएको छ । यसैगरी महिलाका सहभागितामा रु १० लाख मास्क उत्पादन गरी कास्कीका विद्यालयलाई निःशुल्क वितरण गर्ने लक्ष्य रहेको बताइएको छ ।  क्लबले स्तन क्यान्सरका बिरामीका उपचारमा समेत सहयोग गर्ने अभियान सञ्चालन गरेको उहाँको भनाइ छ । 

वृद्धाश्रमका अध्यक्ष पराजुलीले आश्रममा ५५ आश्रित रहेका जानकारी दिँदै उनीहरुलाई कोभिडविरुद्धको खोप लगाएको बताउनुभयो ।   कार्यक्रममा नेपाली कांग्रेस पोखरा–१७ एकाइ सभापति देवराज आचार्य, पुण्डरी बराल, माधव बराल, सञ्चारकर्मी हरि बाँस्तोला, समाजसेवी श्यामप्रसाद शर्मालगायतले समाज सेवामा सामूहिक सहकार्य आवश्यक रहेको बताउनुभयो ।




भर्खरै