• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने ★   टी–२० वरियतामा अस्ट्रेलियाका ट्राभीस हेड पहिलो स्थानमा उक्लिए ★   पाकिस्तानको कराँचीमा अत्यधिक गर्मीका कारण २५ जनाको मृत्यु ★   सरकारको अनुमतिबाट खोलिएका उद्योगहरु नवीकरण गर्नुपर्छः प्रमुख सचेतक बर्तौला ★   दीपकराज गिरीको कटाक्षः वार्तासँग होइन अन्तर्वार्तासँग डर लाग्छ ★   एसईईको नतिजा बिहीबार बिहान सार्वजनिक गर्ने ★   नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

साढे दुई वर्षमा सक्ने पुल छ वर्षमा आधा मात्रै काम



file

गलकोट । ठेकेदार कम्पनीको चरम लापरबाही र सरोकारवाला निकायको बेवास्ताको उदारण बनेको छ । बागलुङको कुश्मीसेरादेखि पर्वत फलेबास जोड्ने पक्की सडक पुल निर्माण सुरु भएको छ वर्ष पूरा हुँदा आधा मात्रै काम भएको छ । समयमा पुल निर्माण नहुँदा यात्रुहरु घुमाउरो यात्रा गर्न बाध्य छन् । बागलुङ–पोखरा राजमार्गको वैकल्पिक सडकको मुख्य पुल नै लामो समयदेखि नबन्दा बागलुङ र पर्वतका हजारौँ नागरिक २० मिनेटको बाटो तीन घण्टा बढी यात्रा गर्न बाध्य छन् । यो सडक भएर बागलुङका दक्षिणी भेग जैमिनी र बरेङका जनता सोझै पर्वतको फलेवास, कार्कीनेटा र स्याङ्जाहुँदै पोखरा जान सक्छन् तर कालीगण्डकीमा पुल नभएका कारण बागलुङ बजार आएर पुन कुस्मा जानुपर्ने बाध्यता छ ।

कालीगण्डकी नदीमाथि निर्माण गर्न थालिएको १०५ मिटर लामो यस पुलको छ वर्षको प्रगति करिब ५० प्रतिशत रहेको निर्माण कम्पनीको जिकिर छ । पुलको हालसम्म ५० प्रतिशत प्रगति भएको र अहिले निर्माणले गति लिएको सडक डिभिजन कार्यालयका ईन्जिनियर किरण पोख्रेलले बताउनुभयो । उहाँका अनुसार जगको पिल्लर निर्माण भइसकेको र ढलानको काम मात्र बाँकी रहेको छ ।

विसं २०७३ असोज ९ गते रसुवा/श्री गीता/फेवा जेभीले पुल निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो । साढे दुई वर्ष भित्रमा सक्ने गरी सम्झौता भएको पुलको काम अहिलेसम्म बल्ल आधा काम भएको छ । पुल नबन्दा दक्षिण बागलुङका जनताले ठूलो सस्ती खेप्नु परेको स्थानीय गोविन्द शर्माले बताउनुभयो । उहाँले यहाँका हजारौँ नागरिकलाई पोखरा पुग्न यस सडकबाट धेरै छिटो हुने भए पनि अहिले बागलुङ पुगेर जानु पर्ने अवस्था रहेको बताउनुभयो । पछिल्लो पटक २०७८ चैत्र मसान्तभित्र काम सम्पन्न गर्ने गरि म्याद थप गरिए पनि प्रभावकारी रुपमा काम भने अघि बढ्न सकेको छैन । समयमै काम सम्पन्न नभएपछि पुनः म्याद थप्ने तयारी ठेकेदार कम्पनीको छ ।

ठेकेदार कम्पनीका सुपरभाईजर शेरबहादुर भण्डारीले आवश्यक उपकरण ल्याउन समस्या भएकाले समयमै काम सक्न नसकेको बताउनुभयो । उहाँले अहिले आवश्यक उपकरण आइसकेको र काम पनि तीव्र गतिमा भएको बताउनभयो । सुपरभाईजर भण्डारीले जमिन मुनी ४८ वटा पिल्लर निर्माण गरिसकेको र अहिले माथि दुई वटा पिल्लर ठडाइसकेको बताउनुभयो । रु १३ करोड १२ लाख ४९ हजार ३६४मा निर्माण थालिएको पुल राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालीगण्डकी करिडोरमा जोडिन्छ । पुलले पर्वत, स्याङ्जा र पोखरालाई समेत करिडोरको पहुँचमा ल्याउनेछ ।