२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

भौतिक पूर्वाधार र विकास निर्माणको अनुगमन



अ+ अ-

कञ्चनपुर । सुदूरपश्चिम प्रदेश सरकारले निर्माण गरेका भौतिक पूर्वाधार र विकास निर्माणको अनुगमन गरिएको छ । प्रदेशको अर्थ विकास तथा प्राकृतिक श्रोत समितिका पदाधिकारीको टोलीले कैलाली र कञ्चनपुरमा तटबन्ध र सडक निर्माणको अनुगमन गरेको हो । 

दुई दिन लगाएर गरिएको अनुगमनमा कैलालीको कान्द्रा नदीमा निर्माण गरिएको तटबन्ध, कञ्चनपुरको भीमदत्त नगरपालिका–९ र बेदकोट नगरपालिका–१ राधा नदीमा निर्माण गरिएको तटबन्धको अनुगमन गरिएको छ । कैलालीमा निर्माण गरिएको पक्की सडकको काम सन्तोषजनक नरहेको पाइएको समितिका सदस्य महेशदत्त जोशीले बताउनु भयो ।

“टेण्डर प्रकृया गरिएकामा समस्या छैन”, उहाँले भन्नुभयो, “कोटेशनबाट गरिएकामा समस्या देखिएको छ ।” कोटशनबाट गरिने काम आगामी आवदेखि उपभोक्ता समितिलाई दिनुपर्ने उहाँले बताउनुभयो । तटबन्ध र सडक निर्माणका काममा स्थानिय बासिन्दाको समेत गुनासो रहेको पाइएको टोलीमा सहभागीको भनाइ छ ।

टोलीले स्थलगत अनुगमन गरेका भौतिक पूर्वाधार र विकास निर्माण सम्बन्धि कार्यको प्रतिवेदन प्रदेश सरकारलाई बुझाइने बताइएको छ । अनुगमन टोलीमा सहभागी एक सदस्यले भन्नुभयो, “अनुगमनका क्रममा देखिएका त्रुटि र गुणस्तरहीन कार्यबारे प्रतिवेदन तयार गरी प्रदेश सरकारलाई बुझाउछौँ ।” 

चोरी शिकारी नियन्त्रण गर्न मचान निर्माण 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चोरी शिकारी नियन्त्रण गर्न पाँच ठाउँमा थप मचान९वाच टावर० निर्माण गरिएका छन् । नेपाल–भारत सीमा क्षेत्र, चुरे क्षेत्र र वन्यजन्तुको चोरी शिकारी हुनसक्ने सम्भावित क्षेत्रमा निकुञ्ज कार्यालयले मचान निर्माण गरेको हो । चोरी शिकारी नियन्त्रण गर्न मचान निर्माण गरिएको निकुञ्ज कार्यालयका सूचना अधिकारी रविन चौधरीले बताउनुभयो ।

“निकुञ्ज कार्यालयको कम उपस्थिति हुने क्षेत्रमा सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउन मचान निर्माण गरेका छौँ”, चौधरीले भन्नुभयो, “निकुञ्जको नेपाल–भारत सीमा क्षेत्रमा भारतीय नागरिकले अवैधरुपमा छिरेर वन्यजन्तु, चरा, माछालगायतको चोरी शिकारी गर्ने कार्यलाई नियन्त्रण गर्न मद्दत पुग्दछ ।”

झाडी र बाक्लो घाँसका कारण गस्ती टोलीले चोरी शिकारीमाथि निगरानी राख्न गाह्रो हुने भएकाले मचान निर्माण भएपछि टाढैबाट हेर्न सकिने र नियन्त्रण गर्न सकिने उहाँको भनाइ छ । निकुञ्जको नेपाल–भारत सीमा क्षेत्र नजिकै गत वर्ष पाटे बाघ मरेको अवस्थामा फेला परेको थियो । त्यसपछि निकुञ्ज कार्यालयले पैदल र हात्तीमा गस्तीलाई निरन्तररुपमा अगाडी बढाउँदै आएको छ ।

निकुञ्जको सुरक्षार्थ नेपाली सेनाका १६ पोष्ट निर्माण गरिएका छन् । निकुञ्ज कार्यालयका १५ पोष्ट रहेका छन् । नेपाली सेना र निकुञ्जका पोष्टबाट दैनिकरुपमा वन्यजन्तु र काठ तस्करी रोक्न गस्ती गरिने गरिएको छ । (रासस)