५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहकार्यसहित रणनीतिक योजनाका साथ अगाडि बढ्नुपर्छ: नेता खनाल



अ+ अ-

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले क्रान्तिकारी ध्रुवको विकास गरेर अगाडि बढ्नुपर्ने बताउनुभएको छ । पार्टीको चौथो केन्द्रीय कमिटिको बैठकलाई सम्बोधन गर्दै नेता खनालले आफ्नो पार्टीप्रति क्रान्तिकारी तथा इमान्दार कार्यकर्ताको आकर्षण बढेकाले एकीकृत समाजवादीको नेतृत्वमा धार निर्माण गरेर मात्र समाजवादमा पुग्न सकिने बताउनुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका उहाँले लेनिनको क्रान्तिकारी विचारले भएको क्रान्ति विश्व परिवेशलाई तरङ्गित बनाएको बताउँदै समाजवादी क्रान्तिको बाहक ध्रुवका रूपमा बलियो पार्टी निर्माण गर्नुपर्ने बताउनुभयो । यो गठबन्धन समाजवादी क्रान्तिसम्म नपुग्ने बताउँदै उहाँले भन्नुभयो, “मोर्चाबन्दी गर्दा समान विचारबीचमा गर्नुपर्छ । हाम्रोजस्तो देशमा बहुआयामिक वर्गसङ्घर्ष गर्नुपर्ने बेला आएको छ । किसान, महिला, गरिब आदिका विरुद्ध भएका अन्याय, अत्याचारका विरुद्ध सङ्घर्ष गर्नुपर्ने छ । चुनावदेखि चुनावसम्म होइन, संसद्मा पनि जनताका आवाज उठाउनुपर्छ, अनि मात्र क्रान्तिकारी संसदवादी भइन्छ ।”

तत्कालीन नेकपाको दुईतिहाइको सरकार नभई एउटा गुटको नायकको पक्षपोषण गर्ने सरकार चलाएका कारण सरकारको अन्त्य भएको बताउँदै उहाँले तत्कालीन सरकारले भरतमोहन अधिकारी अर्थमन्त्री हुँदा ल्याइएका जनमुखी कामसमेत कटौती गर्ने हदसम्मको काम गर्न खोजेको आरोप लगाउनुभयो ।

नेता खनालले नीति, विचार र सिद्धान्तका कुरा एकातिर थन्क्याएर पार्टीका मूल्य, मान्यता, दृष्टिकोण मिच्ने काम गरेको र दक्षिणपन्थीको मतियार भएका कारण बिद्रोह गर्नुपरेको बताउँदै भन्नुभयो, “ओलीले जो बालुवाटारप्रति बफादार छ, उसैलाई मात्र च्याप्ने काम गरे ।” केपी ओली नेतृत्वको सरकारले चार–चारपटक बजेट ल्याउँदासमेत पार्टीलाई जानकारी नगराएको स्मरण गर्दै उहाँले भन्नुभयोे, “त्यतिखेरको प्रतिपक्षी पनि निदाएको थियो । कतिपय नेता त संसद्मै देखिँदैनथे । यस्तो अवस्थामा पनि सहयोग पाइनँ भन्नु पागल–प्रलाप मात्रै थियो । हामी जतिसुकै प्रगतिशील कानुन र एजेण्डा ल्याएर पनि पारित गर्न सक्ने सम्भावनाका नजिक थियौँ ।”

नवौँ महाधिवेसनमा पार्टीमा दुर्भाग्यपूर्ण परिस्थिति निर्माण भएको बताउँदै उहाँले भन्नुभयो, “वैचारिक, राजनीतिकरूपमा दक्षिणपन्थी, प्रतिगामी, फुटवादी, गुटवादीका कारण पार्टीमा विद्रोह गर्नुप¥यो ।” मुलुकको स्थायित्वका लागि गठबन्धन गरेको उल्लेख गर्दै उहाँले भन्नुभयोे, “कमसेकम हामीले मुलुकको संविधानको रक्षा गरेका हौँ ।” नेता खनालले स्थानीय तह निर्वाचनमा हाम्रा लागि पूर्णरूपले फलदायी नभएकाले आगामी निर्वाचनमा आवश्यकताअनुसार कुनै पनि शक्तिसँग सहकार्य गर्ने रणनीतिक योजनाका साथ अगाडि बढनुपर्नेमा जोड दिनुभयो ।




भर्खरै