• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान ★   एसिया कप खेल्ने नेपाली टोलिको घोषणा ★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने

पेट्रोल लिटरमा २० र डिजेल २९ रुपैयाँले घट्यो, आज रातिदेखि लागू हुने



काठमाडौं । चौतर्फी दबाबमा परेको सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले शनिबार दिउँसो पत्रकार सम्मेलन गरी करमा कटौति गरेर भएपनि पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ र डिजेलमा प्रतिलिटर २९ रुपैयाँ घटाउने निर्णय गरिएको जानकारी दिनु भएको हो ।

मारमा परेका जनतालाई राहत दिन करमा कटौति गरेर भएपनि पेट्रालियम पदार्थको मूल्य घटाउने निर्णय गरिएको मन्त्री बडूले बताउनु भयो । यस अघि पेट्रोलियम पदार्थको मूल्य घटाउने विषयमा सत्तारुढ पाँच दलबीच सहमति भएको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवासहितका सत्तागठबन्धनका शिर्ष नेताहरुसहित बसेको बैठकले गरेको निर्णय अनुसार पेट्रोलियम पदार्थको मूल्य घटाइएको पनि मन्त्री बडूले स्पष्ट पार्नु भयो ।

उहाँले भन्नु भयो, ‘पेट्रोलियम पदार्थको मूल्य बढदा सर्वसाधारणको जीवनमा यसले नकारात्मक असर परेको छ । बजारमा मूल्यवृद्धि यसैलाई कारण देखाएर गरिएको छ । त्यसैगरी अत्यावश्यक बस्तुहरुमा पनि यसैकारण मूल्य वृद्धि भएको छ । यसले सर्वसाधारण जनतामा मारमा परेको कुरामा सरकारसँग गम्भिर हुँदै करलाई समोयोजन गरेर पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरिएको छ ।’

सरकारले मूल्य घटाएसँगै अब भरे राति १२ बजेदेखि लागू हुने गरी डिजेल प्रतिलिटर १६३ रुपैयाँ र पेट्रोल प्रतिलिटर १७९ पाईनेछ । यस अघि सरकारले रुस–युक्रेन युद्धलाई मुख्य कारण देखाएर यसको मूल्य वृद्धि गरेको थियो ।