१९ भाद्र २०८३, शुक्रबार
,
Latest
त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका दुई जनालाई हेलिकप्टरमार्फत काठमाडौं पठाइयो पिकलबल विश्वकपमा नेपाललाई ऐतिहासिक कास्य, दावा सोनाम शेर्पाले रचे इतिहास भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको लाम साल्ट ट्रेडिङद्वारा विपद् प्रभावितका लागि रु ६० लाख सहयोग भोटेकोशी बाढी प्रभावित व्यवसायीका लागि पुनरुत्थान प्याकेज स्वागतयोग्य : नाडा यी हुन् आजका अवरुद्ध प्रमुख राजमार्ग फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु त्रिशूली–३ ‘ए’बाट उद्धार गरिएका शाह र महर्जनलाई उपचारका लागि काठमाडौं ल्याउने तयारी त्रिशूली–३ ‘ए’को सुरुङबाट कबीर महर्जनको पनि जीवितै उद्धार तीज कार्यक्रम स्थगनः बाढी प्रभावितलाई सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

एभर्टनविरुद्ध सिटीको कठिन जित, वाटफोर्डसँग युनाटेडको बराबरी



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत लिग लिडर म्यान्चेस्टर सिटीले कठिन जित निकालेको छ । शनिबार राति भएको खेलमा सिटीले एभर्टनलाई १-० गोलले पराजित गरेको हो । 

सिटीलाई जित दिलाउन एकमात्र निर्णायक गोल फिल फोडेनले गरे । खेलको ८२ औं मिनेटमा उनले गोल गरेका हुन् । 

जितसँगै सिटीले दोस्रो स्थानमा रहेको लिभरपुलसँग ६ अंकको अग्रता बनाएको छ । सिटीको २७ खेलबाट ६६ अंक रहेको छ । 

यस्तै एभर्टन २४ खेलबाट २२ अंकसहित १७ औं स्थानमा रहेको छ । 

यसैबीच, शनिबार राति नै भएको अर्को खेलमा म्यान्चेस्टर युनाइटेड र वाटफार्डले बराबरी खेलेका छन् । 

वाटफोर्डको मैदानमा भएको खेलमा दुबै टिमले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । 

खेलमा युनाइटेडले दबाब राखेपनि गोल भने गर्न सकेन । बराबरीसँगै युनाइटेड २७ खेलबाट ४७ अंकसहित चौंथो स्थानमा रहेको छ भने २६ खेलबाट १९ अंकसहित वाटफोर्ड १९ औं स्थानमा छ ।