२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सौगात मल्ल र सृष्टि श्रेष्ठ स्टारर ‘माईकल अधिकारी’को फष्टलुक्स पोष्टर रिलिज



अ+ अ-

काठमाडौं । फिल्म माईकल अधिकारीको फष्टलुक्स पोष्टर रिलिज भएको छ । सौगात मल्ल र सृष्टि श्रेष्ठको मुख्य भुमिका रहेको फिल्मको २ पोष्टर निर्माण संस्थाले रिलिज गरेको छ ।

सार्वजनिक एक पोष्टरमा सौगात खर्पन बोेकेर हिडि रहेका छन् जहाँ एकातिर सृष्टि र बच्चा देखिएका छन् भने अर्को तर्फ पैसाको थुप्रो देखाईएको छ । यस्तै अर्को पेष्टरमा भने सौगात र सृष्टि पैसाको बिछ्याउनामा मायालु भावमा देखिएका छन् ।

त्यसोत् फिल्मको पोष्टरसंगै प्रदर्शन मिति भाद्र ३ गतेलाई तय गरिएको छ । गोपीकृष्ण मुभिजका लागि उद्वव पौड्यालको प्रस्तुति रहेको माईकल अधिकारी निरक पौडेलको निर्माण तथा रन्जित रौनियारको निर्देशनमा तयार भएको हो ।

फिल्म भित्र सौगात र सृष्टिको जोडीको आर्थिक अवस्था निक्कै कमजोर छ । र, उनीहरु पैसाको लागि अरुलाई बच्चा जन्माइ दिने काम गर्न बाध्य हुनेछन । जहां आत्मियता, भावनात्मक सम्बन्ध संगैं हांस्य रस मिसिएका छन् ।

सौगात र सृष्टिसंगै फिल्ममा अशान्त शर्मा, ऐनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, सुजना ढकाल, दिलिप बोहरा लगायतका कलाकारहरुकोे मुख्य भुमिका रहेको छ ।




भर्खरै