७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार संवेदनहीन, भ्रष्ट र दृष्टिकोणबिहीन भएको एमालेका सांसद राईको आरोप



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का सांसद रामचन्द्र राईले सरकारको गतिविधिबाट गठबन्धनमा आवद्ध दलहरु नै आतंकित भएको बताउनुभएको छ ।

शुक्रवार राष्ट्रिय सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद राईले वर्तमान गठबन्धन सरकारले गरिरहेको गतिविधिबाट गठबन्धनमा आवद्ध दलहरु नै आतंकित भइरहेको बताउनुभएको हो । उहाँले सरकारले गरिरहेका राष्ट्रघाती क्रियाकलापहरुका कारण सत्तारुढ दलका सांसदहरु प्रताडित भएको जिकिर गर्नुभयो । उहाँले सरकार संवेदनहीन, भ्रष्ट र दृष्टिकोणबिहीन भएको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो –‘सत्तापक्षका सांसदहरु नै यो सरकारले राष्ट्रका विपक्षमा गरिरहेका यी राष्ट्रघाती क्रियाकलापहरुले गर्दा उहाँहरु एकदमै प्रताडित हुनुहुन्छ । यो सरकारले गरिरहेको गतिविधिबाट गठबन्धन सरकारका सहभागी दलहरु नै आतंकित हुनुहुन्छ । तर्सिनुभएको छ । र यो सरकारबाट भाग्न पाए हुन्थ्यो । निस्किन पाए हुन्थ्यो भनेर पो भनिरहनु भएको हो कि रु भन्ने लाग्यो । मुल रुपमा यो सरकार देख्दैन, सुन्दैन, संवेदनहीन छ । यो सरकार भ्रष्ट छ । यो सरकार सेटिङमा चल्छ । यो सरकार दृष्टिकोणबिहीन छ । सार रुपमा यो सरकार यस्तै छ ।’

सांसद राईले सत्तारुढ गठबन्धनलाई ‘ठगबन्धन’ भएको टिप्पणी गर्नुभयो । उहाँले बहालवाला एक मन्त्रीले असभ्य भाषा प्रयोग गरेको उल्लेख गर्दै असभ्य भाषा प्रयोग गर्ने मन्त्रीलाई हटाउन नसक्नु सरकारको नालायकीपन भएको बताउनु भयो । उहाँले सरकार जनताप्रतिको उत्तरदायित्वबाट भागिरहेको पनि बताउनु भयो ।