काठमाडौं । आइतबारको संसद् बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अवरोध गर्दै नारावाजी गरेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
एमालेका सांसदहरुले बैठकमा लगातार अवरोध जनाउँदै आएका छन् ।
सभामुख अग्नी सापकोटाले बैठक सुरु गर्नेवित्तिकै एमाले सांसदहरु नाराबाजी गर्दै वेल घेर्न पुगेका थिए ।