काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले लगातार संसदमा अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलार्इ संवादमा आउन आह्वान गरेका छन् ।
आइतबारको संसद बैठकमा अवरोध थर्दै नाराबाजी गरिरहेका एमाले सांसदलाई सम्बोधन गर्दै सभामुख सापकोटाले समस्याको समाधान वार्ता र संवादबाट खोज्न आग्रह गरेका हुन् ।
‘विपक्षी दलका सांसदलाई संवादतर्फ अग्रसर हुनका लागि अनुरोध गर्दछु, हामी सबैले गम्भीर ढंगले मनन गरेर संसद सहज ढंगले सञ्चालन हुने वातावरण बनाउन म आह्वान गर्छु, अपिल गर्छु ।’ सभामुखले भने । एमाले सांसदहरु बैठक सुरु हुनेवित्तिकै नाराबाजी गर्दै वेल घेर्न पुगेका थिए ।