२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद बैठक लगातार अवरुद्ध, अवरोध हटाउने विषयमा छलफल हुँदै



अ+ अ-

 काठमाडौं । प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदहरुद्वारा बैठक अवरुद्ध भईरहेको बेला अवरोध हटाउनका लागि छलफल शुरु भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पटकपटक संसद बैठक अवरुद्ध गर्दै आएको छ । सभामुखले एमालेद्वारा निष्कासित १४ सांसदलाई कारबाहीको मान्यता नदिएको विरोधमा प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरोध गर्दै आएको हो ।

छलफलमा सभामुख अग्निप्रसाद सापकोटा, एमालेका प्रमुख सचेतक विशाल भट्टराई, एमाले सांसद खगराज अधिकारी, चन्दा चौधरी र कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी छन् ।

आज (आइतबार) पनि सभामुख अग्निप्रसाद सापकोटाले बैठक शुरु गरे लगत्तै प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरु वेलमा आई नाराबाजी गरेका थिए ।