४ असार २०८३, बिहीबार
,
Latest
पोखरा बसपार्क क्षेत्रका संरचनामाथि महानगरको डोजर (फोटो फिचर) ऊर्जा मन्त्रालयलाई १ खर्ब १४ अर्ब बजेट, १० वर्षमा ३० हजार मेगावाट उत्पादन लक्ष्य नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार गर्न सकिन्छः मन्त्री पुन विपक्षी सांसदको गुनासो : संसद्मा उठाएका विषयको सुनुवाइ भएन मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ मनसुन विपद्का लागि सरकारको उच्च सतर्कता, हेलिकप्टरसहित सबै स्रोत परिचालन हुने आगामी सातादेखि मनसुन प्रतिकार्यमा जुट्नुपर्नेछः प्रमुख कोईराला रास्वपा महाधिवेशनका प्रतिनिधि टुंग्याउने तयारी तीव्र, नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु कानुन निर्माणको प्राथमिकताबारे श्रममन्त्री यादवसँग मन्त्री गौतमको छलफल सभामुख अर्यालसँग संयुक्त अरब इमिरेट्सका राजदूतको शिष्टाचार भेट
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक भदौ २९ गते



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदहरुद्वारा लगातार बैठक अवरुद्ध भएपछि बैठक स्थगित गरिएको छ । प्रतिनिधिसभा सभामुख अग्निप्रसाद सापकोटाद्वारा अर्को बैठक भदौ २९ गते मंगलबार दिउँसो १ बजे बस्नेगरि बैठक स्थगित भएको हो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज (आईतबार) को बैठक पटकपटक अवरुद्ध गर्दै आएको थियो । सभामुखले एमालेद्वारा निष्कासित १४ सांसदलाई कारबाहीको मान्यता नदिएको विरोधमा प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरोध गर्दै आएको हो ।

संसदको अवरोध हटाउने विषयमा सभामुख अग्निप्रसाद सापकोटा, एमालेका प्रमुख सचेतक विशाल भट्टराई, एमाले सांसद खगराज अधिकारी, चन्दा चौधरी र कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीबिच छलफल भएपनि नाराबाजी निरन्तर भएपछि सभामुख सापकोटाले बैठक स्थगित गरेका हुन् । 

सभामुख अग्निप्रसाद सापकोटाले आजको बैठक शुरु गरे लगत्तै प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरु वेलमा आई नाराबाजी गरेका थिए ।