२५ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १,३७७ पुग्यो, ५ हजारभन्दा बढी बेपत्ता ग्यास अभावबारे मन्त्रीको अभिव्यक्तिप्रति महासंघको आपत्ति भोटेकोशी बाढीः आठ मिलियन युरो सहायता बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ काठमाडौँ उपत्यकामा नयाँ रुटसहीत रात्रि बसको सेवा विस्तार विपक्षी दलले भोटेकोशी बाढीबारे सरकारको ध्यानाकर्षण गराउने भोटेकोशी बाढीपीडितलाई मनोसामाजिक परामर्श दिन कांग्रेसले जनशक्ति तयार ग्यास अभावविरुद्ध सडकमा दाउरा बालेर विद्यार्थीको सांकेतिक प्रदर्शन- फोटो फिचर भोटेकोशी बाढीपछि वीरगन्ज नाकामा दैनिक ७० प्रतिशतले आयात बढ्यो १२ संघीय अस्पतालमा कम्तीमा ५० शव अट्ने शवगृह बनाउन नीतिगत निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओखलढुङ्गामा जीप दुर्घटनामा परी एक जनाको मृत्यु, नौ घाइते



अ+ अ-

ओखलढुङ्गा । जिल्लाको मानेभन्ज्याङ गाउँपालिका ६ हिलेपानीमा  आइतबार जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । 

दुर्घटनामा परी बाराका ४० वर्षीय पृथ्वीबहादुर श्रेष्ठको घटनास्थलमै निधन भएको हो । जीपमा चालकसहित १० जना रहेकोमा एक जनाको ज्यान गएको र नौ जना घाइते भएको प्रहरीले जनाएको छ ।

सिद्धिचरण नगरपालिका २ ठूलाछापको निशंखेबाट काठमाडौं जाँदै गरेको बा ११ च ५२१० नम्बरको जीप सडकबाट ५० मिटर तल खसेको थियो । 

घाइतेमध्ये एक शिशुसहित चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ । 

गम्भीर घाइतेको उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लैजाने तयारी भइरहेको बताइएको छ ।