४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि

पर्यटन व्यवसाय निर्वाध रुपमा संचालन गर्न सरकारसँग माग (भिडियो सहित)

पर्यटन व्यवसाय निर्वाध रुपमा संचालन गर्न सरकारसँग माग (भिडियो सहित)
अ+ अ-

काठमाडौं । विज्ञहरुले पर्यटन व्यवसायलाई निर्वाध रुपमा संचालन गर्ने वातावरण बनाउन सरकारसँग माग गरेका छन । पर्यटन क्षेत्रमा आवद्ध संघ, संगठन तथा यस क्षेत्रका विज्ञहरुले पर्यटन व्यवसाय पूर्ण रुपमा संचालन हुने गरी आवश्यक वातावरण बनाउन सरकारसँग माग गरेका हुन ।

आईतबार काठमाडौंमा पत्रकारसँग भेटघाट कार्यक्रम कार्यक्रममा बोल्दै नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल्स (नाटा), होटल एसोसिएशन नेपाल ९हान० र नेपाल पर्यटन बोर्ड (एनटीबी) ले संयुक्तरुपमा नेपालमा पर्यटन व्यवसाय पूर्ण रुपमा खुल्ला गर्न सरकारसँग आग्रह गरेका छन । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय घिमिरेले नेपालमा पर्यटन व्यवसायीहरुको मागलाई सम्बोधन गर्दै सरकारले भ्याक्सिनेटेड पर्यटकको भिजा अन अराइभलको व्यवस्था गर्नुपर्ने बताउनुभयो । उहाँले पर्यटन प्रवद्र्धन, विकास र सहजरुपमा सञ्चालन गर्नको लागि सरकारले पर्यटनसम्बन्धी निर्णय लिने हरेक बैठकमा निजी क्षेत्रका व्यवसायीहरुलाई पनि समेट्नु पर्ने बताउनुभयो ।

प्रमुख कार्यकारी अधिकृत घिमिरेले भन्नुभयो, ‘आज हामीले पर्यटन क्षेत्र पूर्ण रुपमा खोल्नुपर्छ भन्ने माग गरिरहेका छौँ, यो धेरै लामो समयदेखि राख्दै आएको माग हो, अब हामीलाई एउटा त्यस्तो सिस्टमको आवश्यक्ता परेको छ, जहाँ प्राइवेट सेक्टर समावेश गरिनुपर्छ, जस्तो सीसीएमसी छ भने त्यो भित्रको हरेक बैठकमा प्राइवेट सेक्टरलाई, अलि धेरै लगानी भएको व्यक्तिलाई प्रेजेन्टेशन गर्नुपर्छ, हामीले यसअघि पनि धेरै पटक सीसीएमसीलाई ड्राफ्ट पठायौँ तर कहिल्यै त्यसको निचोड निकालेन, यसरी पार लाग्दैन, हाम्रो माग भनेको भ्याक्सिनेटेड पर्यटकलाई आउन दिनुपर्यो र पीसीआर रिपोर्ट नेगेटिभ आइ ९६ घण्टा ननाघेका पर्यटकहरुलाई क्वारेन्टाइनमा राख्नुभएन ।’

कार्यक्रममा नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाटा) का अध्यक्ष अच्युत गुरागाईंले सीसीएमसीले व्यावसायीलाई हाउगुजी बनाएको बताउनुभयो । उहाँले त्यहाँ बस्नेहरुले विभिन्न स्वार्थले गर्दा पर्यटन व्यवसायीहरु मारमा परिरहेको आरोप लगाउनुभयो । अध्यक्ष गुरागाईंले अब पनि पर्यटन व्यावसाय चल्न नदिए सडक र सिंहदरबार घेर्ने चेतावनी दिनुभयो ।

अध्यक्ष गुरागाईंले भन्नुभयो, ‘हामीले छिमेकी देश भारतकै उदाहरण दिँदा पनि अहिले त्यहाँ आन्तरिक पर्यटकहरुलाई कतै रोकिँदैन, धेरै ठाउँमा भ्याक्सिनेटेडहरुलाई आवतजावत गर्न दिइएको अवस्था छ, हाम्रो आजको माग भनेको पनि भ्याक्सिनेटेड पर्यटकहरुलाई एयरपोर्टबाट अन अराइभल भिजा दिनुपर्यो, साथै पर्यटन व्यवसायीहरुलाई सीसीएमसीले हाउगुजी बनाएको छ, त्यो हाउगुजि भित्र पस्नेहरुको विभिन्न स्वार्थ छ, पोेलिटिकल पार्टीका र्याली, झगडा, सडक आन्दोलन हुँदा कोभिड नसर्ने ? हेल्थ प्रोटोकल पालना गरेर नेपाल आउँछौँ भन्दा बन्देज लगाउने रु यदि अब पनि पर्यटन व्यवसाय पूर्ण रुपमा खुलाइएन भने म यहाँबाटै पर्यटन व्यवसायीहरुलाई आग्रह गर्दछु कि, हामीले सडक, सिंहदरवार र हरेक मन्त्रालय घेर्नुपर्छ, आउनुहोला ।’

त्यस्तै होटल एसोसिएशन नेपाल (हान)की अध्यक्ष सृजना राणाले सरकारले कोरोनाको महामारी चलिरहे पनि देशको अर्थतन्त्रमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले पर्यटन व्यवसायीहरुको बाच्ने आधार भनेकै पर्यटक भएकोले सरकारले यसलाई चासोका साथ पूर्ण रुपमा व्यवसाय सञ्चालन गर्न दिनुपर्ने र भ्याक्सिनेटेड पर्यटकलाई अन अराइभल भिजाको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

अध्यक्ष राणाले भन्नुभयो, ‘कोरोना महामारीको यो सिच्वेशनमा आफ्नो ज्यान जोगाउनु महत्वपूर्ण हुन्छ, तर अर्थतन्त्रलाई पनि उकास्नुपर्छ, सरकारले यो कुरा बिर्सिनु हुँदैन, हामी पर्यटन व्यवसायीहरुको बाच्ने आधार भनेकै पर्यटकहरु हो, त्यसैले सरकारले यसलाई बिर्सिनुभएन, पर्यटन व्यवसायीहरुलाई जति अरु कसैलाई यसको असर परेको छैन, यसमा सरकारले सहजता प्रदान गर्नुपर्छ ।’

नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले विगत डेढ वर्षदेखि कोरोनाका कारण बन्द रहेको पर्यटन व्यवसायलाई चलायमान बनाउन पर्यटकहरु भित्राउनुपर्ने बताउनुभयो । उहाँले सरकारले पूर्ण कोरोना भ्याक्सिन लगाइसकेका र नेपाल आइपुग्दा ९६ घण्टा ननाघेको पीसीआर नेगेटिभ रिपोर्ट लिएर आउने यात्रीहरुलाई बिना क्वारेन्टाइन र सहज यात्राको वातावरण मिलाइदिनुपर्ने बताउनुभयो ।

पूर्व प्रमुख कार्यकारी अधिकृत जोशीले भन्नुभयो, ‘कोभिड महामारीले गर्दा विगत डेढ वर्षदेखि बन्दाबन्दीमा खसम्चएको हाम्रो समाज र अर्थतन्त्रलाई सुरक्षाका लागि उपायहरु अपनाउँदै पर्यटन व्यवसाय चलायमान बनाउनुपर्छ, कोरोना भ्याक्सिन लगाइसकेका पर्यटकहरुलाई भिजा अन अराइभलको व्यवस्था सरकारले गर्नुपर्छ र नेपाल आइपुग्दा ९६ घण्टा ननाघेको पीसीआर नेगेटिभ रिपोर्ट लिएर आउने यात्रीहरुलाई बिना क्वारेन्टाइन र सहज यात्राको वातावरण मिलाइदिनुपर्छ ।’

उहाँले पर्यटन उद्योगलाई बचाउन र फेरि लयमा फर्काउनका लागि सरकारले आवश्यक कदम चाल्नुपर्ने बेला भइसकेको बताउनुभयो । पूर्व अध्यक्ष जोशीले नेपालको पर्यटनमा कार्यरत अधिकांश सेवा प्रदायक पर्यटनकर्मी र मुख्य गन्तव्यका स्थानीय समुदायहरुले पनि पूर्ण मात्राको भ्याक्सिन लगाइसकेकोले यस सम्बन्धमा सकारात्मक सन्देश फैलाउन ट्राभल एडभाइजरुी जारी गर्नुपर्ने बताउनुभयो ।