१९ माघ २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसपीपी अस्वीकार गर्ने नेपालको निर्णय प्रशंसनीयः चिनियाँ विदेश मन्त्रालय



अ+ अ-

काठमाडौं । सैनिक सहायतासँग जोडिएको अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) लाई अस्वीकार गर्ने नेपाल सरकारको निर्णयलाई चीनले प्रशंसनीय भएको टिप्पणी गरेको छ ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबीनले नियमित पत्रकार सम्मेलनमा नेपालका बारेमा सोधिएको प्रश्नको जवाफमा एसपीपीमा नरहने नेपालको निर्णय स्वागतयोग्य रहेको बताएका थिए ।

उनले भनेका छन्, क्षेत्रीय सुरक्षा, स्थायित्व र समृद्धिको रक्षाका लागि नेपालसँग मिलेर काम गर्न तत्पर छ ।

प्रवक्ता वेनबीनले अगाडि भनेका छन्, ‘रणनीतिक सहकार्यको साझेदार तथा नजिकको छिमेकी मित्रका हिसाबले चीन नेपाल सरकारको निर्णयको प्रशंसा गर्छ । नेपालको स्वतन्त्रता, स्वाधिनता, भौगोलिक अखण्डता र तटस्थ तथा असंलग्न परराष्ट्र नीतिमा अडिग रहने कुराका चीन सँधै समर्थन गर्नेछ ।’

विभिन्न राजनीतिक दल र गुट, सरकार, सेना तथा आम नागरिकले एसपीपी सैन्य रणनीति हिन्द प्रशान्त रणनीति (इन्डो प्यासिफिक स्ट्राटेजी)सँग जोडिएको भन्दै चौतर्फी विरोध भएको थियो । उनीहरुले एसपीपी कार्यक्रम लामो समयदेखि नेपालले अंगीकार गर्दै आएको असंलग्न परराष्ट्र नीति विपरित हुने रूपमा बुझेका छन् ।

नेपालले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट अनुमोदन गरेयता चीन नेपालको विषयमा मौन रहँदै आएको थियो ।