३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

रामायण सर्किट रेल जनकपुरधाममा, मुख्यमन्त्री राउतले गरे स्वागत

रामायण सर्किट रेल जनकपुरधाममा, मुख्यमन्त्री राउतले गरे स्वागत
अ+ अ-

भारतको राजधानी नयाँदिल्लीबाट प्रारम्भ भएको रामायण सर्किट रेल बिहीबार जनकपुरधाम आइपुगेको छ । रेलमा झण्डै पाँच सय धार्मिक पर्यटक रहेका छन् ।

भारत गौरव टुरिस्ट रेल नाम दिइएको यो रेल अयोध्या, बनारस, प्रयागराज, सीतामढी हुँदै जनकपुर आइपुगेको हो । रेलमा सवार धार्मिक पर्यटकलाई मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले स्वागत गर्नु भएको थियो ।

धार्मिक पर्यटक बोकेर भारतबाट सिधै जनकपुर आइपुगेको यो पहिलो भारतीय रेल हो । यो रेल सीमावर्ती भारतीय शहर जयनगरबाट जनकपुरधाम आइपुगेको थियो ।

महाभारतमा वर्णित भए अनुसार त्रेतायुगमा राम र सीताको विवाह यहीँ जनकपुरमा भएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको महत्वाकाँक्षी यस रेल सेवाले रामायणमा उल्लेख गरिएका सबै ठाउँलाई जोड्ने छ ।

रामायण सर्किटमा नेपालको जनकपुरलाई पनि समेटिएको छ । चार वर्षअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउँदा दुवै देशबीच रामायण सर्किट सम्झौता भएको थियो ।

जनकपुरमा ब्रोडगेज रेल लिंक रहेकाले रामायण सर्किटको रेल सिधै जनकपुर आइपुगेको हो । पर्यटकलाई जानकी मन्दिर, धनुषाधाम र जनकपुरमा दैनिक हुने गंगा आरतीमा सहभागी गराइने मधेस प्रदेशका पर्यटन मन्त्री सत्रुधन महतोले जानकारी दिनु भएको छ ।

यो रेल गत मंगलबार साँझ ७ बजे नयाँदिल्लीबाट जनकपुरका लागि प्रस्थान गरेको थियो । रेलको दुईवटा डिब्बालाई विशेष रूपमा योगसम्बन्धी तस्बिर तथा सामग्रीले सजाइएको छ । रेलमा १४ वटा डिब्बा छन् । केही बोगीका बाहिरी भागमा भारतका विभिन्न शास्त्रीय एवं लोक नृत्य, पोशाक, पर्व, परिकार प्रवद्र्धन गर्ने किसिमका सामग्री राखेर सजावट गरिएको छ ।