१८ भाद्र २०८३, बिहीबार
,
Latest
मृतक र बेपत्ता सशस्त्र प्रहरीका परिवारजनसँग महानिरीक्षक पौडेलको भेट उद्धार, राहत र पुनःस्थापनालाई प्रभावकारी बनाउन आयोगको आग्रह रास्वपा सचिवालय बैठक शुरुः विपद् व्यवस्थापन र समसामयिक राजनीतिमा केन्द्रित बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव ‘आमा, धन्न बाँचेर आएँ’ कृष्णभीरमा पहिरो पन्छाउने काम तीव्र, दुवै छेउबाट १८ जना जनशक्ति परिचालन भोटेकोशी बाढीपछिको प्रतिनिधि सभाको पहिलो बैठकलाई जलवायुको आँखाबाट हेर्दाः ‘हलुका प्रधानमन्त्री, स्पष्ट सभामुख र अलमलमा… रसुवा बाढीपछि बागमती प्रदेश सरकारको उद्धारदेखि पुनर्स्थापनासम्मको सक्रियता भोटेकोशी बाढीः विभिन्न स्थानबाट १७७ शव सङ्कलन ‘अतिकम विकसित मुलुकलाई सहानुभूति होइन, जलवायु न्याय चाहिन्छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओमप्रकाशसहित चार नेताद्वारा ‘विप्लव’को पार्टी परित्याग



अ+ अ-

काठमाडौँ । पूर्वपोलिटब्यूरो सदस्य ओमप्रकाश पुनसहित चार नेताले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी परित्याग गरेका छन् ।

सेती महाकाली इन्चार्जसमेत रहेका पुन, पूर्वसभासद तथा सेती ब्यूरो इन्चार्ज शंकरबहादुर खड्का, नवौँ महाधिवेशन आयोजक कमिटी सदस्य दलबहादुर धामी र पूर्व दार्चुला तथा कञ्चनपुर जिल्ला इन्चार्ज रमेश परियारले विप्लवको पार्टी छाडेका हुन् ।

उनीहरुले जारी गरेको संयुक्त प्रेस विज्ञप्तिमा अहिलेको बदलिँदो विश्व राजनीति र राष्ट्रिय राजनीतिलाई मध्यनजर गरी अबको राजनीतिक धारा र बाटो बदल्ने निर्णयमा पुगेको उल्लेख छ ।

माओवादी धारालाई एकीकृत र धुर्वीकृत गर्ने व्यक्तिगत र सामूहिक पहलमा अघि बढ्नुपर्ने वस्तुगत आवश्यकतालाई महसुस गरी नेपाल कम्युनिष्ट पार्टीबाट अलग रहने निर्णय गरेको उनीहरुको राजीनामा पत्रमा उल्लेख छ ।