१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

एमसीसी पास गर्न दिने दाहाल- नेपालकाेआस्वासन, लिखित प्रतिबद्धता खोज्दै देउवा

एमसीसी पास गर्न दिने दाहाल- नेपालकाेआस्वासन, लिखित प्रतिबद्धता खोज्दै देउवा
अ अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव नेपालले आजैको संसद बैठकबाट एमसिसी पासन गर्ने वातावरण बनाउने आस्वासन हिजो दिएका छन् । हिजो राति उनीहरु दुवैजना बालुवाटार पुगेर प्रधानमन्त्री देउवालाई पो प्रतिबद्धता व्यक्त गरेका हुन् । हिजो नै प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच बालकोटमा भेटवार्ता हुने भएको थियो । तर बालकोटका लागि बालुवाटारबाट देउवा निस्किनै लाग्दा प्रचण्डले देउवालाई फोन गरर अब एमसिसीका लागि एमालेको सहयोग खोज्नु नपर्ने र पास गर्नका लागि आफूहरु तयार भएको बताएपछि देउवा बालकोट गएका थिएनन् ।

त्यसपछि कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा कांग्रेसका केही नेता बालकोट पुगेका थिए । त्यस लगत्तै नेताहरु प्रचण्ड र नेपाल बालुवाटार पुगे र गठबन्धन भत्कन नदिने सर्तमा एमसिसी पारित गराउने निष्कर्ष सुनाए । तर देउवाको मनको डर अझै हटेको छैन । किनभने यसअघि बिहीबारको बैठकमा निर्णयार्थ प्रस्तुत गरेर संसदले एमसिसी अस्विकृत गरेको निर्णय सुनाउने माओवादी चालबाजी थाहा पाएर नै प्रधानमन्त्रीले संसद बैठक रोक्न आग्रह गरेका थिए । त्यही खतरा अहिले पनि देउवाले देखेका छन् । त्यसैले अहिले देउवा प्रचण्ड र माधव नेपालबाट लिखित प्रतिबद्धता खोजेका छन् ।

आज बिहान उनीहरुबीचमा बस्ने कुरा भएको छ । त्यसअघि दुई पार्टीले आफ्ना आन्तरिक बैठक बोलाएर यस विषयमा छलफल गराई लिखित प्रतिबद्धता तयार पार्नेछन्– कांग्रेसको समाचार स्रोतले भन्यो । सो स्रोतको दाबी छ– प्रधानमन्त्रीजीले लिखित प्रतिबद्धता खोज्नुभएको छ, नत्र माओवादीको अस्तिको जस्तो चालबाजी हुनसक्छ, हामीले निर्णयार्थ प्रस्तुत गर्न दिँदैनौँ । यदि माओवादीहरुले सही रुपमै एमसिसी पारित गर्ने हो भने अर्थमन्त्रीले नै यो प्रस्ताव संसदमा प्रस्तुत गर्नुपर्छ । होइन र उनी अस्तिजस्तै भाग्दै हिँड्ने हो भने पनि माओवादीले स्वीकार नगर्ने कांग्रेसको अडान छ । सो स्रोतले भन्यो– नत्र गठबन्धन तोडेर एमालेसँग सहकार्य गर्न हामी तयारै छौँ, अहिले त माधव प्रचण्डको अनुरोधले नै एमालेसँग सम्झौता रोकिएको हो ।