५ पुष २०८२, शनिबार
,
Latest
तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’ प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य कण्ठरोग निवारणमा सफलता : गलगाँडको समस्या शून्य दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसी पास गर्न दिने दाहाल- नेपालकाेआस्वासन, लिखित प्रतिबद्धता खोज्दै देउवा



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव नेपालले आजैको संसद बैठकबाट एमसिसी पासन गर्ने वातावरण बनाउने आस्वासन हिजो दिएका छन् । हिजो राति उनीहरु दुवैजना बालुवाटार पुगेर प्रधानमन्त्री देउवालाई पो प्रतिबद्धता व्यक्त गरेका हुन् । हिजो नै प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच बालकोटमा भेटवार्ता हुने भएको थियो । तर बालकोटका लागि बालुवाटारबाट देउवा निस्किनै लाग्दा प्रचण्डले देउवालाई फोन गरर अब एमसिसीका लागि एमालेको सहयोग खोज्नु नपर्ने र पास गर्नका लागि आफूहरु तयार भएको बताएपछि देउवा बालकोट गएका थिएनन् ।

त्यसपछि कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा कांग्रेसका केही नेता बालकोट पुगेका थिए । त्यस लगत्तै नेताहरु प्रचण्ड र नेपाल बालुवाटार पुगे र गठबन्धन भत्कन नदिने सर्तमा एमसिसी पारित गराउने निष्कर्ष सुनाए । तर देउवाको मनको डर अझै हटेको छैन । किनभने यसअघि बिहीबारको बैठकमा निर्णयार्थ प्रस्तुत गरेर संसदले एमसिसी अस्विकृत गरेको निर्णय सुनाउने माओवादी चालबाजी थाहा पाएर नै प्रधानमन्त्रीले संसद बैठक रोक्न आग्रह गरेका थिए । त्यही खतरा अहिले पनि देउवाले देखेका छन् । त्यसैले अहिले देउवा प्रचण्ड र माधव नेपालबाट लिखित प्रतिबद्धता खोजेका छन् ।

आज बिहान उनीहरुबीचमा बस्ने कुरा भएको छ । त्यसअघि दुई पार्टीले आफ्ना आन्तरिक बैठक बोलाएर यस विषयमा छलफल गराई लिखित प्रतिबद्धता तयार पार्नेछन्– कांग्रेसको समाचार स्रोतले भन्यो । सो स्रोतको दाबी छ– प्रधानमन्त्रीजीले लिखित प्रतिबद्धता खोज्नुभएको छ, नत्र माओवादीको अस्तिको जस्तो चालबाजी हुनसक्छ, हामीले निर्णयार्थ प्रस्तुत गर्न दिँदैनौँ । यदि माओवादीहरुले सही रुपमै एमसिसी पारित गर्ने हो भने अर्थमन्त्रीले नै यो प्रस्ताव संसदमा प्रस्तुत गर्नुपर्छ । होइन र उनी अस्तिजस्तै भाग्दै हिँड्ने हो भने पनि माओवादीले स्वीकार नगर्ने कांग्रेसको अडान छ । सो स्रोतले भन्यो– नत्र गठबन्धन तोडेर एमालेसँग सहकार्य गर्न हामी तयारै छौँ, अहिले त माधव प्रचण्डको अनुरोधले नै एमालेसँग सम्झौता रोकिएको हो ।