८ श्रावण २०८३, शुक्रबार
,
Latest
वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि व्यावहारिक नीति लागू गरिन्छः मन्त्री यादव दश अर्ब राजस्व सङ्कलन सीमा सुरक्षाको लागि ‘डिजिटल बोर्डर प्रणाली’ तत्काल लागू गर्न संसदीय समितिको निर्देशन हर्मुज जलमार्गमा फसेका छ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान सीमा सुरक्षाको लागि ‘ड्रोन’ र ‘फेस रिकोग्निसन’ सीसीटिभी प्रयोग गर्ने सरकारको तयारी फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध तेक्वान्दोको तीनदिने राष्ट्रिय रेफ्री सेमिनार शुरु आर्थिक कूटनीति सरकारको प्राथमिकतामा, ‘देश केन्द्रित रणनीति तयार’ कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर पाकिस्तानी र सोमालियाली शरणार्थीहरू भारत हुँदै नेपाल प्रवेश गर्ने क्रम बढ्योः प्रहरी महानिरीक्षक कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

मतदाता नामावली सङ्कलनमा उत्साहजनक सहभागिता



अ+ अ-

चितवन । स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता नामावली सङ्कलन कार्यमा उत्साहजनक सहभागिता देखिएको छ ।

जिल्ला निर्वाचन कार्यालय चितवनले असार १ गतेदेखि सुरु गरेको नामावली सङ्कलन कार्यमा नयाँ नाम दर्ता गर्न आउनेको सङ्ख्या उल्लेख्य रहेको पाइएको छ । एक सातामा जिल्लाका एक हजार ८०५ ले मतदाता नामावलीमा नाम दर्ता गराएको कार्यालयका प्रमुख भीमशेन कार्कीले जानकारी दिनुभयो । यो सङ्ख्या स्थानीय तहको निर्वाचनअघि २०० हाराहारी रहेको थियो । उहाँले भन्नुभयो, “अहिले ३०० देखि ४०० को दैनिक नाम दर्ता भइरहेका छन् ।” उहाँका अनुसार जिल्लामा अहिले तीन स्थानका पाँच केन्द्रबाट नामावली सङ्कलन भइरहेको छ । जिल्ला निर्वाचन कार्यालय चितवनमा तीनवटा केन्द्र, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालय माडीमा नामावली दर्ता भइरहेको छ । निर्वाचन कार्यालयमा एउटा बाहिरी जिल्लाको नाम दर्ता गरिएको छ भने अन्य केन्द्रबाट जिल्लाको नामावली दर्ता भएको उहाँले जानकारी दिनुभयो ।

जिल्ला निर्वाचन कार्यालयबाट बाह्य जिल्लाका २०८ को नाम दर्ता गरिएको उहाँले बताउनुभयो । यस्तै सोही कार्यालयका दुई केन्द्रबाट एक हजार १६०, जिल्ला प्रशासन कार्यालयबाट ४७२ र इलाका प्रशासन कार्यालय माडीबाट १७३ ले नामावली दर्ता गराएका छन् ।

स्थानीय निकायको निर्वाचनका क्रममा उमेर पुगेरसमेत मतदान गर्न नपाएका बढी सङ्ख्यामा नामावली दर्ता गर्न आएको उहाँले बताउनुभयो । नामावली दर्ताका लागि नागरिकताको सक्कल प्रमाणपत्र, बसाइँसराइ भए बसाइँसराइको कागजपत्र र विवाह भएर आएको भए विवाह दर्ता आवश्यक पर्ने उहाँले जानकारी दिनुभयो । स्थानीय तहको निर्वाचन २०७९ मा जिल्लामा तीन लाख ९७ हजार ६८५ मतदाता रहेका थिए ।