• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   स्रोत नखुलेको एक करोड एक लाखसहित पक्राउ ★   टी–२० विश्वकपः आयोजक अमेरिकाको विजयी सुरुवात, क्यानडालाई ७ विकेटले हरायो ★   मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि नै प्रदेश प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउने गठबन्धन दलहरुको तयारी ★   अभिनेता शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’ प्रदान ★   यार्सा सङ्कलनः मुगुमा चारजनाको मृत्यु, एक सिकिस्त ★   टी–२० विश्वकपः क्यानडाले अमेरिकालाई दियो १९५ रनको लक्ष्य ★   संसद्का दुवै सदनको बैठकमा आज बजेटमाथि छलफल हुने ★   टी–२० विश्वकप आजदेखि, अमेरिका र क्यानडा भिड्दै ★   आठ जना युवा शल्यचिकित्सकले गरे १०० जनामा ‘कृतिम हाडजोर्नी प्रत्यारोपण’ ★   मोदीले ‘ह्याट्रिक’ गर्ने लगभग निश्चित

प्रदेश नं १ मा आर्थिक विधेयकबारे छलफल समाप्त



मोरङ । प्रदेश नं १ प्रदेशसभाको १० औँ तथा बजेट अधिवेशनअन्तर्गत आज बसेको बैठकमा आर्थिक विधेयकमाथिको छलफल समाप्त भएको छ । यसअघि विधेयकमाथिको छलफलमा भाग लिँदै प्रदेशसभा सदस्य पदमकुमारी गुरुङले बजेटप्रति समर्थन गर्दै सङ्खुवासभाको धेरै स्थानमा पर्यटकीयस्थलमा पूर्वाधार निर्माणतर्फ ध्यानाकर्षण गराउनुभयो ।

अर्का सदस्य विमल कार्कीले व्यापार प्रदर्शनी, मेला र सांस्कृतिक कार्यक्रमलाई करमा समेट्नुपर्ने सुझाव दिनुभयो । सदस्य मोहनकुमार खड्काले प्रदेश सरकारले कृषि आयमा कर लगाउने सम्बन्धमा प्रस्ट पार्नुपर्ने धारणा राख्दै ठेक्कापट्टामा काटिने निर्माण कोष प्रदेशमा रहनुपर्ने ध्यानकर्षण गराउनुभयो ।

अर्का सदस्य सरिता थापाले प्रदेशलाई आत्मनिर्भर बनाउन करको दायरा बढाउन पहल गर्नुपर्नेमा जोड दिनुभयो । सदस्य सावित्राकुमारी रेग्मीले ज्येष्ठ नागरिकको उमेर ६८ वर्षलाई आधार मानी घरजग्गा रजिष्ट्रेशमा छुट दिन सुझाव दिँदै दण्ड जरिवाना प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने धारणा राख्नुभयो ।

यसअघि शून्य समयमा बोल्दै प्रदेशसभा सदस्य अम्बिका थापाले पेट्रोलियम पदार्थको मूल्य अविलम्ब घटाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । सदस्य ज्योति सुब्बाले सुनसरीको इनरुवा बहुमखी क्याम्पस जीर्ण अवस्थामा रहेकाले बजेटको व्यवस्था गर्न माग गर्दै सोही क्षेत्रका स्वास्थ्य स्वयम्सेविकालाई साइकल उपलब्ध गराउन आग्रह गर्नुभयो । प्रदेशसभाको अर्को बैठक असार १२ गते दिनको १ बजे बस्ने छ ।