५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीमामा कोरोना सङ्क्रमण बढ्ने जोखिम



अ+ अ-

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा कोरोना भाइरसबाट सङ्क्रमित हुने बढ्न थालेका छन् । गएको २४ घन्टामा कोरोना भाइरसको आशङ्कामा पिसिआर र एन्टिजेन पद्दतिबाट नमूना परीक्षण गरिएकामध्ये पाँच जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । स्वास्थ्य निर्देशनालय दीपायलको तथ्याङ्क अनुसार मङ्गलबार पिसिआर पद्दतिबाट १८ र एन्टिजेन पद्दतिबाट सीमा नाकामा २९३ जनाको नमूना परीक्षण गरिएको थियो । पछिल्लो एक हप्तामा ११ जनामा कोरोनाको सङ्क्रमण देखिएको छ । गएको फागुनयता यो रोगका कारण हुने मृत्यू दर भने शून्य छ ।

छिमेकी भारतमा यो रोगको सङ्क्रमण बढेसँगै नेपालमा पनि यो रोगको सङ्क्रमण बढ्ने जोखिम देखिएकोे सीमा नाकामा खटिएका स्वास्थ्यकर्मीले बताउनुभयो । सीमा नाकामा रोकथामका लागि गर्नुपर्ने सतर्कतामा लापरबाही भइरहँदा यो रोगको जोखिम देखिएको हो । भातरबाट फर्किनेमा यो रोगको सङ्क्रमण देखिन थालेको बताइएको छ ।

गौरिफन्टा सीमा नाकामा खटिनुभएका डम्मर खातीले आफ्नो स्वास्थ्यको नमूना परीक्षण गराउने काममा भित्रिने नागरिकबाट लापरबाही हुँदा समस्या भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘‘भित्रिनेहरु हेल्थ डेस्कमार्फत् आफ्नो नमूनाको नतिजा नआउँदै गन्तव्यमा हिँड्दा समस्या भइरहेको छ, उहाँहरुलाई नतिजा आउने समयसम्म निगरानीमा राखिदिने काम कसैबाट हुन सकिरहेको छैन ।’’ मङ्गलबार सुदूरपश्चिमका विभिन्न सीमानाकाबाट ५१६जना स्वदेश भित्रिएका थिए ।

कोरोनाको समस्या देखिएयता हालसम्म प्रदेशमा पिसिआर पद्दतिबाट दुई लाख २१ हजार ६३५ र एन्टिजेन पद्दतिबाट तीन लाख २५ हजार १५७ को नमूना परीक्षण भइसकेको छ । यीमध्ये पिसिआर तर्फ ४२ हजार १७८ र एन्टिजेन तर्फ १७ हजार ४९२ जनामा कोरोनाको सङ्क्रमण देखिएको छ । सङ्क्रमित हुनेमध्ये ५९ हजार २० जना उपचार व्यवस्थापनपछि घर गएका छन् । अहिलेसम्म कोरोनाबाट सङ्क्रमित ६३३ व्यक्तिको मृत्यु भएको छ । कोरोना भाइरसविरुद्धको खोप लागाउने दर बढ्दै गएको छ । प्रदेशमा हालसम्म खोप दिनुपर्ने लक्षित जनसङ्ख्या २२ लाख ८३ हजार ३८८ मध्ये अधिकांशले पूर्ण मात्राको खोप पाइसकेको निर्देशनालयले जनाएको छ । बालबालिकालाई खोप दिने तयारी भइरहेको छ । कोरोना भाइरसको सम्भावित जोखिम हुन नदिन सुरुका वर्षको तुलनामा हाल अस्पताल र स्वास्थ्य संस्थामा आवश्यक पूर्वाधार जुटेको भए पनि दक्ष जनशक्तिको भने अझैँ अभाव रहेको जनाइएको छ ।




भर्खरै