१२ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढीपीडितलाई सुदूरपश्चिम कांग्रेस संसदीय दलद्वारा तीन लाख ६० हजार सहयोग विपदमा हामी के गर्न सक्छौ ? रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राणाद्धारा एक करोड ९ लाख सहयोग नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण एमालेका दुई प्रदेश कमिटीद्वारा राहतका लागि २० लाख सहयोग घोषणा पूर्वप्रधानमन्त्री कार्कीद्वारा एक महिनाको पेन्सन रकम सहयोग केदारनाथ शर्मा बने नयाँ गृह सचिव बाढीपछि भारत र चीनसँग बेलिब्रिज माग्दै नेपाल प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति कार्यालयबाट सक्कल प्रति आएन, संवैधानिक नियुक्तिसम्बन्धी सुनुवाइ भएन



अ+ अ-

काठमाडौँ । राष्ट्रपति कार्यालयबाट सक्कल प्रति नआउँदा संवैधानिक इजलासमा संवैधानिक नियुक्तिविरुद्ध परेको रिटमाथि आज सुनुवाइ भएन ।

संवैधानिक निकायका ५२ पदाधिकारीको नियुक्तिसम्बन्धी कागजातको सक्कल प्रति राष्ट्रपति कार्यालयबाट नआएपछि संवैधानिक इजलासले पुनः कागजात झिाकाउने आदेश दिएको छ ।

इजलासले गत चैत ९ गते नै सक्कल प्रति झिकाउने आदेश दिएको थियो । तर अहिलेसम्म उक्त सक्कल प्रति नआएपछि बुधबारको सुनुवाइ अघि बढ्न सकेन ।

विसं २०७७ मंसिर ३० गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्दै ३ जना उपस्थित हुँदा पनि संवैधानिक परिषद्को बैठक बस्न र निर्णय गर्नसक्ने व्यवस्था गर्नुभएको थियो । सोही व्यवस्थामा टेकेर परिषद्को बैठकले ५२ जना पदाधिकारीको नियुक्ति सिफारिस गरेको थियो ।

सो बेला ओलीले प्रतिनिधिसभा विघटन गर्नुभएको थियो र त्यसरी सिफारिस भएका पदाधिकारीले संसदीय सुनुवाइको प्रक्रिया पूरा नगरी नियुक्ति पाएका थिए ।

अधिवक्ता ओमप्रकाश अर्यालले २०७७ मंसिर १ गते र वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले मंसिर २ गते अध्यादेशका आधारमा संवैधानिक परिषद्को बैठक सञ्चालनसम्बन्धी कार्यविधि परिवर्तन गरेर विभिन्न संवैधानिक नियुक्ति दिइएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।

कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, वरिष्ठतम न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र अनिलकुमार सिन्हाको संवैधानिक उक्त रिटमाथि सुनुवाइ गर्न इजलास गठन भएको छ ।