३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

भारतीय जनता पार्टीले बनायो द्रौपदी मुर्मूलाई राष्ट्रपतिको उम्मेदवार

भारतीय जनता पार्टीले बनायो द्रौपदी मुर्मूलाई राष्ट्रपतिको उम्मेदवार
अ+ अ-

नयाँ दिल्ली । भारतीय जनता पार्टी (भाजपा) ले झारखण्डकी पूर्वगभर्नर द्रौपदी मुर्मूलाई राष्ट्रपतिको प्रत्याशी बनाएको छ । अघिल्लो पटक राष्ट्रपति निर्वाचनमा भाजपाले बिहारका तत्कालीन गभर्नर रामनाथ कोविन्दलाई आफ्नो तर्फबाट राष्ट्रपतिको उम्मेदवार बनाएको थियो ।

द्रौपदी मुर्मू झारखण्डको पहिलो महिला र आदिवासी गभर्नर थिइन्। यहाँबाट सेवानिवृत्त भएपछि उनी आफ्नो गृह राज्य ओडिशाको मयुरभञ्ज जिल्लाको रैरङपुरमा बस्छिन्। यो उनको मूल गाउँ बैदापोसीको ब्लक मुख्यालय हो। उनी सबैभन्दा लामो समय (छ वर्षभन्दा अलि बढी) झारखण्डको गभर्नर थिइन्।

द्रौपदी मुर्मू भारतको पहिलो आदिवासी र दोस्रो महिला राष्ट्रपति बन्न सक्छिन्। उनी नेसनल डेमोक्रेटिक एलायन्स (एनडीए) उम्मेदवार हुन् र एनडीए भोटको हिसाबले जितको नजिक छ ।

विपक्षी दलहरुले यशवन्त सिन्हालाई राष्ट्रपति पदमा उम्मेदवार बनाएका छन् । यशवन्त सिन्हा पूर्व भारतीय प्रशासनिक सेवा (आईएएस) अधिकारी, झारखण्डको हजारीबाग सीटबाट भाजपा लोकसभा सांसद र केन्द्र सरकारको मन्त्री पनि भइसकेका छन्।

उनी लामो समयसम्म भाजपाको नेता रहे । तर पछिल्ला वर्षहरूमा उनले प्रधानमन्त्री नरेन्द्र मोदीको विरुद्धमा आवाज उठाउन थाले र अन्ततः भाजपा छोड्नुपर्‍यो।

हाल उनी ममता बनर्जीको पार्टी तृणमूल कांग्रेससँग आवद्ध थिए। उनका छोरा र हजारीबागबाट वर्तमान लोकसभा सांसद जयंत सिन्हा अझै भाजपामा छन्। जयन्त सिन्हाका लागि बुवाको पक्षमा भोट दिने कि पार्टीको पक्षमा जाने भन्ने अन्योल हुनेछ ।

भारतको राष्ट्रपतिको निर्वाचनमा दुवै प्रमुख उम्मेदवार झारखण्डबाट भएको यो पहिलो पटक हो । जसका कारण यो सानो राज्य अचानक चर्चामा आएको छ ।

बीबीसी हिन्दीबाट