• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   माइक्रोबस र टिपर ठोक्किँदा १३ जना घाइते, दुईको अवस्था गम्भीर ★   गैँडाको खाग खरिदबिक्रीमा संलग्न भएको आरोपमा छ जना पक्राउ ★   घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? ★   संसदमा विकसित घटनाक्रमहरु सुख्द छैनन्: अध्यक्ष नेपाल ★   गृहमन्त्रीको नाम उल्लेख गरेर छानबिन समिति बनाउने कार्यदलमा सहमति ★   चिनियाँसँग नक्कली विवाह गराएर महिलाको बिक्री, एक जना पक्राउ ★   नेपाल–भारत सीमा क्षेत्रबाट ‘पिकअप भ्यान’सहित अवैध सामान बरामद ★   कार्यदलको बैठक: नाम किटान गर्नु नहुने सत्ता पक्षको जोड, मागबाट पछि नहट्ने काँग्रेसको अडान ★   सानीभेरीका युवा लेखा अधिकृत बमकाजी शेर्पाले चढे सगरमाथा (फोटो फिचर) ★   प्रतिनिधिसभा बैठक बस्दै, कांग्रेसले अवरोध जारी राख्ने

भारतीय जनता पार्टीले बनायो द्रौपदी मुर्मूलाई राष्ट्रपतिको उम्मेदवार



नयाँ दिल्ली । भारतीय जनता पार्टी (भाजपा) ले झारखण्डकी पूर्वगभर्नर द्रौपदी मुर्मूलाई राष्ट्रपतिको प्रत्याशी बनाएको छ । अघिल्लो पटक राष्ट्रपति निर्वाचनमा भाजपाले बिहारका तत्कालीन गभर्नर रामनाथ कोविन्दलाई आफ्नो तर्फबाट राष्ट्रपतिको उम्मेदवार बनाएको थियो ।

द्रौपदी मुर्मू झारखण्डको पहिलो महिला र आदिवासी गभर्नर थिइन्। यहाँबाट सेवानिवृत्त भएपछि उनी आफ्नो गृह राज्य ओडिशाको मयुरभञ्ज जिल्लाको रैरङपुरमा बस्छिन्। यो उनको मूल गाउँ बैदापोसीको ब्लक मुख्यालय हो। उनी सबैभन्दा लामो समय (छ वर्षभन्दा अलि बढी) झारखण्डको गभर्नर थिइन्।

द्रौपदी मुर्मू भारतको पहिलो आदिवासी र दोस्रो महिला राष्ट्रपति बन्न सक्छिन्। उनी नेसनल डेमोक्रेटिक एलायन्स (एनडीए) उम्मेदवार हुन् र एनडीए भोटको हिसाबले जितको नजिक छ ।

विपक्षी दलहरुले यशवन्त सिन्हालाई राष्ट्रपति पदमा उम्मेदवार बनाएका छन् । यशवन्त सिन्हा पूर्व भारतीय प्रशासनिक सेवा (आईएएस) अधिकारी, झारखण्डको हजारीबाग सीटबाट भाजपा लोकसभा सांसद र केन्द्र सरकारको मन्त्री पनि भइसकेका छन्।

उनी लामो समयसम्म भाजपाको नेता रहे । तर पछिल्ला वर्षहरूमा उनले प्रधानमन्त्री नरेन्द्र मोदीको विरुद्धमा आवाज उठाउन थाले र अन्ततः भाजपा छोड्नुपर्‍यो।

हाल उनी ममता बनर्जीको पार्टी तृणमूल कांग्रेससँग आवद्ध थिए। उनका छोरा र हजारीबागबाट वर्तमान लोकसभा सांसद जयंत सिन्हा अझै भाजपामा छन्। जयन्त सिन्हाका लागि बुवाको पक्षमा भोट दिने कि पार्टीको पक्षमा जाने भन्ने अन्योल हुनेछ ।

भारतको राष्ट्रपतिको निर्वाचनमा दुवै प्रमुख उम्मेदवार झारखण्डबाट भएको यो पहिलो पटक हो । जसका कारण यो सानो राज्य अचानक चर्चामा आएको छ ।

बीबीसी हिन्दीबाट