२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

प्रचण्ड र माधव सत्ता स्वार्थवाट प्रेरित दक्षिणपंथी अवसरवादी शंकर पोखरेल

प्रचण्ड र माधव सत्ता स्वार्थवाट प्रेरित दक्षिणपंथी अवसरवादी शंकर पोखरेल
अ अ+ अ-

नेकपा कालमा प्रचण्ड र माधव नेपालले अध्यक्ष कमरेड केपी शर्मा ओलीका विरुद्धमा जे जे विषय उठाएर विग्रह सिर्जनागरी पार्टी विभाजनमा भूमिका खेले समयक्रममा ती सबै विषय छोडेर आफुलाई चरम अवसरवादी भएको प्रमाणित गरे । तर पनि प्रचण्ड र माधव नेपालको साथमा रहनेहरु अझै अध्यक्ष ओलीलाई नै समस्या मान्दैछन् । यी तथ्यहरुले अव त सत्यसंग लड्न सकिदैन र हुदैन भन्ने चेतना उनीहरुमा समेत आउनु पर्ने हो ।

१) जनादेश खण्डित भएको अवस्थामा जनतामा जानेकुरालाई प्रतिगमन भन्ने प्रचण्ड र माधव नेपालले स्थानिय चुनाव अगावै वैशाखमा प्रतिनिधि सभाको चुनाव गर्ने प्रस्ताव राखे । तर उनीहरुको प्रस्ताव एमाले र नेकां दुबैले अस्विकार गरे ।
२) ४० प्रतिसत संसदीय दलका सदस्य भए दल विभाजन गर्न पाउनेगरी ल्याएको अध्यादेशको विरोध गरे । नेकां समेतको विरोध भएपछि अध्यादेश फिर्ता गरियो । तर पछि २० प्रतिसतले नै दल विभाजन गर्न पाउनेगरी अध्यादेश जारी गरे । एमाले पार्टीको विभाजनसंगै उक्त अध्यादेश फिर्ता लिए ।
३) पार्टी एकताका लागि प्रम र पार्टी अध्यक्ष मध्ये एक पद छोड्नु पर्ने माग सहित एक व्यक्ति एक पदको कुरा गरे । तर पार्टी विभाजन पछि प्रचण्ड र माधव नेपाल दुवै आफैले अघि सारेको मान्यता विपरित पार्टी र दल नेता वन्न पुगे ।
४) नेकपा कालमा सभामुख मार्फत संसदमा एमसीसी टेवल गर्नमा रोक लगाए । तर नेकांले दवाव दिने वित्तिकै सभामुख मार्फत संसदमा टेवल गर्न लगाए ।
५) एमसीसी मार्फत सहायता पाउनका लागि आफु सरकारमा रहदा पत्राचार गरे । सरकारमै रहेका वेलामा संझौता समेत गरे । तर एमसीसी राष्ट्रघाती संझौता हो भन्दै कार्यदल बनाउने देखि सडक आन्दोलन गर्नेसम्मको रमिता देखाए । तर अहिले सत्तावाट वाहिरिने त्रास वढेपछि एमसीसी पास गर्न तयार भए ।
६) नेकपा गठनपछि आफैले छोडेको र पार्टीले अस्विकार गरेको आलोपालोको कुरा गरेर आफ्नै पार्टीको नेतृत्वको सरकार ढाल्ने अनुचित काममा लागे । तर पछि सरकारमा आफ्नो नेतृत्वको दावी छोडेर संसदमा आफ्नो हाराहारीमा रहेको नेकांको नेतृत्वको सरकारमा निशर्त सहभागि भए ।
७) नेकपा कालमा सबै सूचकहरुले सरकारको काम राम्रो रहेको देखिदा देखिदै पनि सरकारले कुनै राम्रो काम गर्न नसकेको आरोप लगाएर नेतृत्वको विरोध गरे । तर अहिलेको गठवन्धन सरकारले अर्थतन्त्र नै तहसनहस बनाउदा पनि चुप लागेर सरकारको प्रतिरक्षा गरिरहेका छन् ।
८) माधव नेपालले सदैव आफुलाई विधि र पद्धतीको पक्षमा रहेको दावी गरे । तर अन्तमा नेपालको संसदीय इतिहासमा सबैभन्दा धेरै विधि र पद्धती उलंघन गर्ने नेताका रुपमा आफुलाई प्रस्तुत गरे ।
९ ) अदालतमा सेटिङको आरोप केपी शर्मा ओली माथि लगाउने काम गरे । तर अदालतमा चलिरहेको आन्दोलनका क्रममा परमादेशी सरकार नै सेटिङवाट निर्माण भएको पुष्टिहुन पुग्यो । अनि अदालतमा विचाराधिन मुद्दा र स्थानिय निर्वाचन सार्नका लागि प्रधान न्यायाधिस माथि महाभियोग लगाउने काम गरे ।निर्वाचन रोक्ने उद्देश्यले मुद्दा दर्ता गर्न लगाए ।
१०) नेकपाको रक्षा आफ्नो नेतृत्वमा मात्र सम्भव हुने कुरा गरे । एकताको मर्म र भावना विपरित महाधिवेशनको सम्प्रभुतालाई समेत कुल्चदै केपी शर्मा ओलीलाई अध्यक्ष, दलको नेता र पार्टीको साधारण सदस्यवाट समेत हटाए । तर अदालतमा नेकपाको नाममा विचाराधिन मुद्दामा ऋषि कट्टेलका पक्षमा फैसला भएपछि एकताको कुरा गर्न नै छोडे । यतिवेला माधव नेपाल र प्रचण्ड दुवै अलग अलग पार्टीको मुखिया वन्न पुगेका छन्।
११) हिजो नेकपा भएको समयमा केपी ओलीको नेतृत्वमा रहेर चुनावमा जानै नसकिने अवस्था छ भनेर भ्रम सिर्जना गरे । तर आज केपी ओलीको नेतृत्वको पार्टीलाई हराउन पाँच दलिय गठवन्धन अपरिहार्य रहेको वताउन थालेका छन् ।चुनवामा जान खुट्टा कमाइ रहेका छन् ।
१२) नेकपा भंग भएपछि नेकपा(एमाले)संग कुनै प्रकारको सहकार्य गर्न सकिदैन भन्दै घृणाको राजनीति गरे । जव एमसीसी प्रकरणमा नेकांले सरकारवाट हटाउने कुरा गर्न थाल्यो तव नेकपा(एमाले)संग वामपंथी सहकार्यको प्रस्ताव राख्न पुगे ।
यी तथ्यहरुले विगतमा अध्यक्ष केपी शर्मा ओलीका विरुद्धमा लगाइएका सबै आरोपहरु कुण्ठाग्रस्त मानसिकताका उपज थिए । अनि उनीहरु दुवैवाट संचालित अभियानहरु सत्ता स्वार्थवाट प्रेरित दक्षिणपंथी अवसरवादमा आधारित अभियान थिए भन्ने पुष्टि हुदै गएको छ ।

यस्तो अवस्थामा प्रचण्ड र माधव नेपालको साथमा रहेकाहरुले नयाँ ढंगले सोच्ने वेला भएन र ?

पोखरेलको फेसबुक बाट