७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

चितवनमा ७० हजार बालबालिकालाई कोभिड खोप लगाइँदै

चितवनमा ७० हजार बालबालिकालाई कोभिड खोप लगाइँदै
अ+ अ-

चितवन । जिल्लामा रहेका पाँच वर्षदेखि १२ वर्ष उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको खोप सुरु गरिने भएको छ । यही असार ९ गतेबाट बालबालिकालाई खोप दिन लागिएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कार्यालयले आज यहाँ पत्रकारसँग अन्तक्र्रिया कार्यक्रमको आयोजना गरी खोप अभियान सुरु गर्न लागिएको जनाएको हो ।

असार ९ देखि १८ गतेसम्म चल्ने सो अभियान दुई चरणमा विभाजन गरिएको छ । रत्ननगर, कालिका, खैरहनी र राप्ती नगरपालिकामा असार ९ देखि १४ गतेसम्म खोप अभियान सञ्चालन गर्न लागिएको कार्यालयका निमित्त प्रमुख राम केसीले जानकारी दिनुभयो । केसीका अनुसार भरतपुर महानगरपालिका, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा असार १४ गते देखि १८ गते सम्म अभियान सञ्चालन हुने छ ।

जिल्लामा रहेका ७० हजार ३८२ बालबालिकालाई फाइजर –बायोएनटेक खोप दिइने उहाँले जानकारी दिनुभयो । जस अन्तर्गत भरतपुर महानगरपालिकामा ३१ हजार ४१२, रत्ननगर नगरपालिकामा ८ हजार ३७१, खैरहनी नगरपालिकामा सात हजार ३५० बालबालिकालाई खोप दिइँदैछ ।

यस्तै कालिका नगरपालिकामा चार हजार १९२, राप्ती नगरपालिकामा आठ हजार ९१४, माडी नगरपालिकामा पाँच हजार ३६३ र इच्छाकामना गाउँपालिकामा चार हजार ७८० जना बालबालिकालाई खोप लगाउन लागिएको कार्यालयले जनाएको छ ।

केसीका अनुसार अभियानका लागि ७६ हजार ८०० डोज खोप जिल्लामा आइसकेको छ । जिल्लामा रहेका ५४० खोप केन्द्रमार्फत बालबालिकालाई खोप लगाइने उहाँले जानकारी दिनुभयो । खोप अभियानमा ९४४ स्वास्थ्यकर्मी र एक हजार ३९४ स्वयंसेवीका परिचालन हुने उहाँले बताउनुभयो ।

भरतपुर महानगरपालिकामा २१४, रत्ननगर नगरपालिकामा ५८, खैरहनी नगरपालिकामा ६२, राप्ती नगरपालिकामा ६४, कालिका नगरपालिकामा ५३ वटा खोप केन्द्रबाट खोप लगाइँदै छ । माडी नगरपालिकामा ४१ र इच्छाकामना गाउँपालिकामा ४८ वटा खोप केन्द्रबाट बालबालिकालाई खोप दिन लागिएको केसीले जानकारी दिनुभयो ।

हरेक विद्यालयलाई खोप केन्द्रको रुपमा परिचालन गरिने उहाँले बताउनुभयो । सामुदायिक र संस्थागत विद्यालयमा खोप खेन्द्र बनाइने छ । दुई सय बालबालिकाका लागि एकजना स्वास्थ्यकर्मी परिचालन गरिने उहाँले जानकारी दिनुभयो । खोप लगाएपछि सामान्य ज्वरो आउने, टाउको दुख्ने, जीउ दुख्ने लगायतका लक्षण देखिएमा आत्तिनु पर्ने अवस्था नरहेको कार्यालयले जनाएको छ ।

गम्भीर प्रकृतिका बिरामी र उच्च ज्वरो आएका बिरामी बालबाललिकालाई यो खोप दिन नहुने सो अवसरमा जानकारी दिइएको थियो । पहिलो पटक खोप लगाएको २१ दिन पछि अर्थात साउन २ गतेबाट दोस्रो डोजको खोप अभियान सुरु गरिने केसीले बताउनुभयो । जिल्लामा हालसम्म पाँच लाख २८ हजार ९२५ जनाले कोभिड १९ विरुद्धको पहिलो मात्रा खोप लगाएका छन् ।

यस्तै चार लाख ७० हजार ५७ जनाले दोस्रो मात्रा खोप लगाएको कार्यालयकी जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार ९३ हजार ४७० जनाले बुष्टर डोज खोप लगाएका छन् । १२ वर्ष देखि माथि १७ वर्ष उमेर समूहका बालबालिका ६० हजारले खोप लगाएको उहाँले बताउनुभयो ।

जिल्लामा हालसम्म ३३ हजार ५५४ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये ३३ हजार १०५ जना निको भएर घर फर्किसकेका छन् भने ४४९ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ । अहिले सङ्क्रमितको सङ्ख्या शून्य रहेको छ ।