१३ श्रावण २०८३, बुधबार
,
Latest
स्वास्थ्य मन्त्रालयको प्रशासनिक संरचना एकीकृत गरिँदै, सचिव देवकोटा नयाँ कार्यकक्षमा स्थानान्तरण विभिन्न विधेयक संसद्मा पेस गर्न मन्त्रिपरिषद्को स्वीकृति प्रधानमन्त्रीको निर्देशनपछि फुटवेयर क्षेत्रमा २० हजार रोजगारीको पहल सोरुबाट सुरु भएको थियो कर्णाली प्रदेशका पाँचौँ मुख्यमन्त्री जीवन यात्रा बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो एसियाडमा काँस्य पदक विजेता नेपाली महिला कबड्डी टोलीले भारतमा तयारी गर्ने समस्याग्रस्त र राम्रा सहकारीलाई एउटै दृष्टिकोणले हेर्नु हुँदैन : मन्त्री रायमाझी सरोकारवालासँगको परामर्शविना ल्याइने सहकारी ऐन मान्य नहुने महासंघको चेतावनी निर्देशिका नबन्दासम्म संवेदनशील मुद्दाको लाइभ स्ट्रिमिङमा सर्वोच्चको अन्तरिम रोक मन्त्रिपरिषद् बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

ऋषिङ अल्ट्रा म्याराथनमा सेनाको वर्चश्व



अ+ अ-

डुम्रे । ‘ऋषिङ समृद्धिको आधार, कृषि, संस्कृति, पर्यटन र पूर्वाधार’ नाराका साथ आयोजना गरिएको चौथो ऋषिङ अल्ट्रा म्याराथनमा नेपाली सेनाका होमलाल श्रेष्ठ पहिलो भएका छन् ।

बयालिस दशमलव दुई किलोमिटरको दूरी दुई घण्टा ५७ मिनेट ४४ सेकेण्डमा पार गरी उनी पहिलो भएका हुन् । श्रेष्ठले रु ६५ हजार नगद पुरस्कार प्राप्त गरे ।

यस्तै नेपाली सेनाकै राजन मेयोङ्वा निर्धारित दूरी दुई घण्टा ५९ मिनेट ३६ सकेण्डमा पार गरी दोस्रो भए । उनले रु ४० हजार नगद पुरस्कार प्राप्त गरे । सेनाकै जुनेश खड्का दुई घण्टा ५९ मिनेट ५९ सेकेण्डमा दूरी पार गर्दै तेस्रो भए । उनले रु २५ हजार पुरस्कार पाए ।

यसैगरी, प्रतियोगितामा नवलपुरका रिखुलाल सिञ्जाली मगर, सोलुखुम्बुका अर्जुन कुलङ राई, सोलुखुम्बुकै मिलन राई र स्याङ्जाका हरि सिञ्जाली मगरले सान्त्वना पुरस्कार प्राप्त गरे ।

उनीहरुले जनही रु १० हजार पुरस्कार पाएको ऋषिङ गाउँपालिकाका सूचना अधिकारी सौगात तिमिल्सिनाले जानकारी दिए । प्रतियोगितामा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीलगायतका गरी ५० धावकले सहभागिता जनाएका थिए ।