२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राससका कार्यकारी अध्यक्ष झा सम्मानित



अ+ अ-

महेन्द्रनगर । राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झालाई नेपाल पत्रकार महासङ्घ धनुषाद्वारा आज जनकपुरधाममा ‘उमा सिंह राष्ट्रिय पत्रकारिता सम्मान’ प्रदान गरिएको छ ।

सोही समारोहमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्मा र नेपाल पत्रकार महासङ्घ धनुषाका पूर्वअध्यक्ष उमेश साह पनि सम्मानित हुनुभएको छ ।

अध्यक्ष शर्माको प्रमुख आतिथ्यमा महावीर युवा कमिटीद्वारा रु ११ हजार नगदसहित पत्रकार साहलाई सम्मान गरिएको हो ।

त्यस अवसरमा राससका कार्यकारी अध्यक्ष एवं नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष झाले सहिद पत्रकार उमा सिंह हत्याको पुनः छानबिन हुनुपर्नेमा जोड दिनुभयो । साथै अध्यक्ष झाले पत्रकारको हकहित एवं सुरक्षामा राज्यका निकायहरु गम्भीर हुनुपर्ने बताउनुभयो ।

कार्यक्रम नेपाल पत्रकार महासङ्घ धनुषाका शाखाका अध्यक्ष पुरन साहको अध्यक्षतामा भएको थियो ।