१२ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढीपीडितलाई सुदूरपश्चिम कांग्रेस संसदीय दलद्वारा तीन लाख ६० हजार सहयोग विपदमा हामी के गर्न सक्छौ ? रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राणाद्धारा एक करोड ९ लाख सहयोग नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण एमालेका दुई प्रदेश कमिटीद्वारा राहतका लागि २० लाख सहयोग घोषणा पूर्वप्रधानमन्त्री कार्कीद्वारा एक महिनाको पेन्सन रकम सहयोग केदारनाथ शर्मा बने नयाँ गृह सचिव बाढीपछि भारत र चीनसँग बेलिब्रिज माग्दै नेपाल प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज संवैधानिक नियुक्ति विरुद्धको रिटमा सुनुवाइ हुँदै



अ+ अ-

काठमाडौँ । आज संवैधानिक इजलासमा संवैधानिक नियुक्तिविरुद्ध परेको रिटमाथि सुनुवाइ हुँदैछ । अधिवक्ता ओमप्रकाश अर्याल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले संवैधानिक नियुक्तिविरुद्ध रिट दायर गर्नुभएको थियो ।

कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, वरिष्ठतम न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र अनिलकुमार सिन्हाको संवैधानिक इजलास गठन भएको छ ।

अधिवक्ता अर्यालले २०७७ मंसिर १ गते र वरिष्ठ अधिवक्ता त्रिपाठीले मंसिर २ गते अध्यादेशका आधारमा संवैधानिक परिषद्को बैठक सञ्चालनसम्बन्धी कार्यविधि परिवर्तन गरेर विभिन्न संवैधानिक नियुक्ति दिइएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।

उहाँहरुले अध्यादेशबाट संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याइएको र त्यसैका आधारमा नियुक्ति भएको भन्दै नियुक्ति बदर गर्न माग गर्दै रिट दायर गर्नुभएको थियो ।

सो मुद्दामा वादीले अन्तरिम आदेशको माग गरेका थिए तर अन्तरिम आदेश जारी नहुने आदेश दिइएको थियो । संवैधानिक नियुक्ति लिई विपक्षी बनाइएका सबैलाई म्याद तामेल गर्ने गरी कारण देखाउ आदेश जारी मात्र जारी भएको थियो ।

सो म्याद तामेली गर्ने समय सकिएपछि बुधबारको संवैधानिक इजलासमा सो रिटमाथि सुनुवाइको मिति निर्धारण गरिएको हो ।