३१ जेष्ठ २०८३, आईतवार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षाको सम्भावना सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यायाधीश र वकिलबीच १० करोड लेनदेनको अडियो सार्वजनिक



अ+ अ-

काठमाडौँ । सिभिल सहकारीका पूर्वअध्यक्ष इच्छाराज तामाङलाई धरौटीमा छाड्न एक न्यायाधीश र वकिलबीच १० करोड रुपैयाँको लेनदेनसम्बन्धी अडियो सार्वजनिक भएको छ ।

अडियो सार्वजनिक भएपछि कायममुकायम प्रधानन्यायाधीश दीपककुकमार कार्कीले बुधबार दिउँसो आकस्मिकरुपमा न्यायपरिषद्को बैठक बोलाउनुभएको छ ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र नेपाल बार एसोसिएसनका पूर्वकोषाध्यक्ष रुद्रप्रसाद पोखरेलबीच करिब १० मिनेटको टेलिफोन संवादमा १० करोड रुपैयाँ लेनदेनसम्बन्धी कुराकानी सार्वजनिक भएको हो ।

न्युज २४ टेलिभिजनले सार्वजनिक गरेको सो विवादास्पद अडियोमा अधिवक्ता पोखरेलले न्यायाधीश कोइरालासमक्ष तामाङलाई धरौटीमा छाड्न १० करोड रुपैयाँको प्रस्ताव गरेको उल्लेख छ ।

पोखरेलले त्यसमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको पनि साथ हुने भन्दै न्यायाधीश कोइरालालाई प्रलोभन दिएका थिए ।

त्यसमा न्यायाधीश कोइरालाले तामाङलाई धरौटीमा छुटाउन आफू तयार रहेको तर माथिल्लो निकायबाट पनि जानकारी आउनुपर्ने बताएका छन् । अधिवक्ता पोखरेलले प्रधानन्यायाधीशदेखि काठमाडौँ जिल्ला अदालतका प्रमुखसम्मलाई आफूले मिलाउने कुरा अडियोमा गरेका छन् ।

सोही विषयलाई लिएर बुधबार डेढ बजे आकस्मिकरुपमा न्यायपरिषद्को बैठक बोलाइएको अनुमान गरिएको छ ।