२५ भाद्र २०८३, बिहीबार
,
Latest
काठमाडौँ उपत्यकामा नयाँ रुटसहीत रात्रि बसको सेवा विस्तार विपक्षी दलले भोटेकोशी बाढीबारे सरकारको ध्यानाकर्षण गराउने भोटेकोशी बाढीपीडितलाई मनोसामाजिक परामर्श दिन कांग्रेसले जनशक्ति तयार ग्यास अभावविरुद्ध सडकमा दाउरा बालेर विद्यार्थीको सांकेतिक प्रदर्शन- फोटो फिचर भोटेकोशी बाढीपछि वीरगन्ज नाकामा दैनिक ७० प्रतिशतले आयात बढ्यो १२ संघीय अस्पतालमा कम्तीमा ५० शव अट्ने शवगृह बनाउन नीतिगत निर्णय सङ्घीय अस्पतालमा शवगृह बनाइने उद्योगीलाई लाञ्छित गर्ने मन्त्री यादवको अभिव्यक्ति आपत्तिजनक : महासंघ प्रसारण लाइनको तार छुँदा घाइते भएकी रश्मी जैसीलाई विद्युत् प्राधिकरणले दियो १३ लाख ८१ हजार… एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुख सापकोटाले बोलाएकाे बैठकमा एमाले अध्यक्ष ओली नजाने



अ+ अ-

 काठमाडौं। संसदको गतिरोध अन्त्यका लागि सभामुख अग्निप्रसाद सापकोटाले बोलाउनु भएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली नजाने हुनु भएको छ ।

बैठकमा एमालले तर्फबाट संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक विशाल भट्टराईलगायतका नेताहरु  सहभागी हुने छ  । तत्कालीन नेकपा रहँदा नै सभामुख बन्नु भएका सापकोटा र ओली बीचको सम्बन्ध तिक्ततापूर्ण रहेको छ ।

सभामुख सापकोटाले बोलाउनु भएको कुनै पनि बैठकमा ओली सहभागी हुनु भएको छैन ।  प्रतिनिधिसभा बिघटन प्रकरणमा ओली बिरुद्ध सभामुख सापकोटाले मुद्दा दायर गरेपछि झन उहाँहरुको सम्बन्ध बिग्रीएको थियो । ओली प्रधानमन्त्री हुदा ओलीले बोलाएको सबैधानिक परिषद्को बैठकमा  सापकोटा अनुपस्थित रहनु भएको थियो ।