काठमाडौं। संसदको गतिरोध अन्त्यका लागि सभामुख अग्निप्रसाद सापकोटाले बोलाउनु भएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली नजाने हुनु भएको छ ।
बैठकमा एमालले तर्फबाट संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक विशाल भट्टराईलगायतका नेताहरु सहभागी हुने छ । तत्कालीन नेकपा रहँदा नै सभामुख बन्नु भएका सापकोटा र ओली बीचको सम्बन्ध तिक्ततापूर्ण रहेको छ ।
सभामुख सापकोटाले बोलाउनु भएको कुनै पनि बैठकमा ओली सहभागी हुनु भएको छैन । प्रतिनिधिसभा बिघटन प्रकरणमा ओली बिरुद्ध सभामुख सापकोटाले मुद्दा दायर गरेपछि झन उहाँहरुको सम्बन्ध बिग्रीएको थियो । ओली प्रधानमन्त्री हुदा ओलीले बोलाएको सबैधानिक परिषद्को बैठकमा सापकोटा अनुपस्थित रहनु भएको थियो ।











