२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजनीतिक दलबीच राष्ट्रिय सहमति आवश्यक छः ओली



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विदेश नीति र कूटनीतिक सम्बन्धमा राजनीतिक दलबीच राष्ट्रिय सहमति आवश्यक रहेको बताउनुभएको छ । पूर्वराजदूत समूहले आज यहाँ आयोजना गरेको ‘वर्तमान सन्दर्भमा नेपालको परराष्ट्र मामिला’ विषयक साक्षात्कार कार्यक्रममा उहाँले नेपाल जस्तो देशका लागि कूटनीतिक सम्बन्धबारे दलहरुबीच सहमति आवश्यक भएको उल्लेख गर्नुभयो ।

पूर्वप्रधानमन्त्री ओलीले राजनीतिक दलले परराष्ट्र मामिलामा सहमतिका साथ अगाडि बढ्न आवश्यक रहेको बताउनुभयो । “दलहरुबीच प्रतिस्पर्धा, सहमति र सहकार्यको राजनीति आवश्यक छ”, उहाँले भन्नुभयो । सरकारले प्रतिपक्षामा रहेको दलसँग परामर्श गर्नुपर्ने उहाँको भनाइ थियो । विदेश सम्बन्ध राष्ट्रिय हितमा केन्द्रीत हुनुपर्ने अध्यक्ष ओलीले बताउनुभयो ।

अध्यक्ष ओलीले छिमेकी मुलुकसँग भरपर्दो, विश्वसनीय नीति र व्यवहारका साथ प्रस्तुत हुनुपर्नेमा जोड दिनुभयो । “हामी स्वाधिन छौँ । हामी आफ्ना आन्तरिक वा बाह्य नीति निर्णय गर्न स्वतन्त्र छौँ । कसैबाट शासित हुनुपरेको छैन,” उहाँले भन्नुभयो । छिमेकीसँगको सम्बन्धलाई बढी महत्व दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

अध्यक्ष ओलीले छिमेकीसँग सम्बन्ध सुमधुर बनाउनुपर्ने बताउनुभयो । “छिमेकीसँग समस्या भए छलफल गरी समाधान गर्नुपर्छ । हामीले आफ्ना कुरा खुलस्तसँग राख्न सक्नुपर्छ”, उहाँले भन्नुभयो । राजनीतिक खटपट नभएको भए कालापानी, लिपुलेक र लिम्पियाधुरा वा अन्य सीमा समस्या अहिलेसम्म समाधान भइसक्ने अध्यक्ष ओलीको भनाइ थियो ।

एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवालीले राष्ट्रिय हितको प्रश्नमा सत्ता र प्रतिपक्षको अलग अलग विचार हुन नहुने बताउनुभयो । उहाँले अहिले राजनीतिक दलबीच राष्ट्रिय हितका विषयमा छलफल हुन छाडेको भन्दै राष्ट्रिय हितका विषयमा प्रतिपक्षसँग पनि छलफल गर्नुपर्ने बताउनुभयो ।

पूर्वराजदूत दीपकुमार उपाध्यायले छिमेकीसँगको चुरो समस्या के हो भनेर केलाउन नसकेको बताउनुभयो । पूर्वराजदूत योगेन्द्र ढकालले चीन, भारत र अमेरिकासँग कूटनीतिक तबरबाट कुरा राख्नुपर्ने सुझाव दिनुभयो ।

पूर्वराजदूत अर्जुन कार्कीले छिमेकीसँग सम्झौता गर्दा विज्ञ समूहको सुझाव लिनुपर्र्नेमा जोड दिनुभयो । पूर्वराजदूत टङ्क कार्कीले परराष्ट्रका सिद्धान्त र नीतिलाई व्यवहारिक रुपमा कार्यन्वयन गर्नुपर्ने उल्लेख गर्नुभयो । पूर्वराजदूत डा अञ्जना शाक्यले परराष्ट्र र राष्ट्रिय हितलाई टेकेर अघि बढ्नुपर्ने सुझाव दिनुभयो ।