१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पल शाह नेपाल प्रहरी सामु आफै उपस्थित हुने



कलाकार पल शाह
अ+ अ-

काठमाडौ । नावालक माथी  जबर्जस्ती करणी आरोपमा लागेका नायक पल शाहले आज प्रहरी समक्ष आफैं उपस्थित हुने जानकारी गराएका छन् । प्रहरीको खोजीमा रहेका पल हाल फरार  छन् । आज बिहान  । सामाजिक संञ्जाल फेसबुक मार्फत शाहले नेपालको कानुनलाई सम्मान गर्दै आज नेपाल प्रहरी सामु आफै उपस्थित हुने जानकारी गराएका हुन् ।

उनले लेखेका छन् –

नमस्कार सबैमा ,
मेरो आफ्नो स्वास्थ्य स्थिती बिग्रीएको हुनाले साथै घरको सबै घर व्यवहार मिलाउनु परेकाले र मेरो फिल्म ूम यस्तो गित गाउछु २ू गत शुक्रबार देखी नेपाल भर प्रदर्शन भएका कारण फिल्मलाई असर नपरोस भनि म प्रहरी सामु उपस्थित हुन नसकेकोमा माफी माग्न चाहन्छु । नेपालको कानुनलाई सम्मान गर्दै आज ९आइतबार ० नेपाल प्रहरि सामु म आफै उपस्थित हुने जानकारी सम्पूर्णमा दिन चाहन्छु धन्यबाद  । 

शाह बिरुद्ध जिल्ला प्रहरी कार्यलय तनहुँ प्रहरीमा किटानी जाहेरी परेको छ ।