७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भरतपुर अस्पताल : गत साउन र भदौमा १२२ जना सर्पदंशका बिरामी News Polar मदिराको झोकमा श्रीमतीको हत्या, दुई छोरी घाइते भएपछि संसदमा सरकारको ध्यानाकर्षण News Polar राष्ट्र बैंकद्वारा ६ लघुवित्त वित्तीय संस्थालाई कारवाही News Polar राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता News Polar एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी News Polar संरक्षणलाई संरक्षित क्षेत्रको सीमाभन्दा बाहिर विस्तार गर्नुपर्छ : मन्त्री चौधरी News Polar पठन संस्कृति हराउँदै गएकोमा चिन्ता, पुस्तकालयलाई सिकाइको केन्द्र बनाउन सुझाव News Polar भोटेकोशी बाढीलाई जलवायु परिवर्तनजन्य चरम घटनाका रूपमा महासभामा उठाउने सरकारको तयारी News Polar जलवायु न्यायको मुद्दामा भोटेकोसी ‘टर्निङ पोइन्ट’ बन्नुपर्छ : विश्वप्रकाश शर्मा News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने

महानगरभित्र २५० शौचालय सञ्चालनमा आउने

महानगरभित्र २५० शौचालय सञ्चालनमा आउने
अ+ अ-

काठमाडौँ । आफूसँग भएका शौचालयलाई सार्वजनिक उपयोगमा ल्याउन इच्छा देखाएका ३३ वटा संघ संस्थासँग काठमाडौँ महानगरपालिकाले सम्झौता गरेको छ । बैङ्क, रेष्टुरेन्ट, स्कूल, प्रकाशन गृह, विजनेस कम्प्लेक्ससहित ३२ वटा संघसंस्थाका प्रतिनिधिहरुसँग सोमबार सम्झौता भएको हो ।

महानगरका प्रमुख बालेन्द्र शाह (बालेन), उपप्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड््यालको रोहवरमा भएको सम्झौतामा महानगरकातर्फबाट निर्देशक नुरनिधि न्यौपानेले हस्ताक्षर गर्नुभएको थियो । यस्तै दोस्रो पक्षकातर्फबाट प्रतिनिधिहरुले हस्ताक्षर गर्नुभएको थियो । नविल बैङ्कसँग यस अघि नै सम्झौता भइसकेको छ ।

सम्झौता आउँदो ५ बर्षका लागि हो । यस अवधिमा संघसंस्थाले आफूसँग भएका शौचालयलाई सार्वजनिक प्रयोगका लागि उपलब्ध गराउनेछन् । यसरी उपलब्ध गराइएका शौचालयको मर्मत सम्भार गर्ने, सरसफाइ गर्न आवश्यक सामग्री तथा पानी, सुगन्धका सामान व्यवस्था गर्ने जिम्मा उनीहरुकै हुनेछ । यसबापत सेवाग्राहीलाई आफ्नो सेवा लिन करकाप वा प्रोत्साहन गर्ने छैनन् ।

यसरी सञ्चालन भएका शौचालयको अवस्था अनुगमन तथा मुल्याङ्कन गर्न दुवै पक्षबाट १÷१ जना प्रतिनिधि तोक्नेछ । उनीहरुले हरेक ४ महिनामा प्रतिवेदन दिनेछन् ।

महानगर क्षेत्रभित्रका होटल, रेष्टुरेन्ट, बैङ्क, व्यापारिक भवन, कम्पनी, फर्म, गैर सरकारी संघ संस्थाका शौचालयलाई सार्वजनिक बनाउन इच्छुकहरुलाई महानगरको सार्वजनिक निजी साझेदारी एकाईमा सम्पर्क राख्न सार्वजनिक आव्हान गरेको थियो ।

प्रकाशित सूचनाका आधारमा ७ दिनमा ३८ वटा संघसंस्था सम्पर्कमा आएका थिए । तीमध्ये केहीले सार्वजनिक शौचालयको लोगो निर्माण गरिदिने बताएका छन् भने सम्पर्क गरेकामध्ये सम्झौताका बेला केहीसँग सम्पर्क हुन सकेको थिएन ।

यो स्वतस्फूर्त कार्यक्रम हो । कसैलाई कर गरिएको छैन । सम्झौतापछि संक्षिप्त प्रतिक्रिया दिँदै महानगरका प्रमुख शाहले भन्नुभयो, ‘व्यापार गर्नेले सेवा पनि गर्छु भनेर आउनुभयो । यसको म प्रशंशा गर्न चाहन्छु । यसमा कसैलाई दबाब छै्रन । अब दबाबले होइन, मिलेर काम गर्नुपर्छ ।’

त्यस क्रममा सम्झौता गर्नेहरुकातर्फबाट कामना सेवा विकास बैङ्कका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले, महानगरसँगको सहकार्यमा वृक्षारोपण, हरियाली प्रबर्धन, सम्पदाको पुनरुत्थानजस्ता क्षेत्रमा सहकार्य गर्न सकिने भन्दै अवसर माग गर्नुभएको थियो ।

सर्वसाधारण प्रयोगकर्तालाई सार्वजनिक शौचालय चिन्न सजिलो होस् र सबै सार्वजनिक शौचालयको पहिचान एउटै होस् भनेर संकेत चिन्ह तयार पारिएको हो । गोलो रेखाभित्र नीलो पृष्ठभूमि, त्यसको माथिल्लो भागमा नेपाली भाषामा सेतो अक्षरले ‘सार्वजनिक शौचालय’ लेखिएको छ । बिच भागमा सेतो रङ्मै महिला र पुरुषको चिन्ह रहेको छ । संकेत चिन्हको पुछारमा अंग्रेजी भाषामा ‘पब्लिक ट्वाइलेट’ लेखिएको छ ।

सम्झौता गरिएका संघ संस्थाहरु

१) टायम्स स्क्वायर, लङ् एण्ड बार, बालुवाटार
२) पशुपति भ्यु होटल एण्ड रेष्टुरेन्ट, बालकुमारी टोल
३) डेन्टल भिल्ला, वडा नं. १४, बल्खु
४) देवयानी इन्टरनेशनल नेपाल प्रा. लि. अन्तर्गत
क) पिजा हट, वडा नं. १ दरबारमार्ग
ख) केएफसी, वडा नं. १ दरबारमार्ग
ग) केएफसी, वडा नं. ६ बौद्ध
५) डाक गल्वी कोरियन हाउस, ल्याकसु गल्ली, बसन्तपुर
६) होटल रत्नज्योती, पेरिसडाँडा
७) नेक्सस ग्लोबल भिसा एण्ड इमिग्रेसन प्रा. लि, शंखमुल
८) खानेकुरा प्रा. लि., गौशाला
९) सांग्रिला डिभलपमेन्ट बैङ्क, बालुवाटार
१०) बेबिलोन नेशनल स्कूल, शान्तिनगर
११) ओटिसी किचेन रेष्टुरेन्ट, बालुवाटार
१२) नेपालय पब्लिकेसन, डिल्लीबजार
१३) बसुन्धरा एण्ड गोङ्गबु एरिया रेष्टुरेन्ट, बसुन्धरा
१४) गोमा लक्ष्मी इन्टरनेशनल, ठमेल
१५) घराना लञ्च एण्ड बार, बानेश्वर
१६) कामना सेवा विकास बैङ्क, कुलेश्वर, बौद्ध, ठमेल, ज्ञानेश्वर, कलंकी, भीमसेनगोला, नयाँ बानेश्वर, न्युरोड,
१७) सिटी एक्सप्रेस मनी ट्रान्सफर, कमलादी
१८) नेम इन्स्टिच्युट फर मेडिकल एजुकेसन प्रा. लि., पुतलीसडक
१९) आरडीएक्स बार प्रा. लि. ठमेल
२०) नेपालगञ्ज विरयानी, डिल्लीबजार पिपलबोट
२१) कार्निभल रेष्ट्रो एण्ड मिटिङ्, बिजुलीबजार
२२) बार्दली रेष्ट्रो एण्ड मिटिङ्, शंखमुल
२२) नेशनल विजनेस ट्रेड सेन्टर, कलंकी
२३) सांग्रिला डिपलपमेन्ट बैङ्क, बालुवाटार
२४) बिन्का लङ्, छाउनी
२५) प्रोग्रेसियो विस्ट्रो पिबीज रेष्टुरेन्ट, बौद्ध
२६) मिलाल्याण्ड डिभलपमेन्ट प्रा. लि., कलंकी
२७) क्रिम्पजी एडभान्चर हव, बौद्ध
२८) बर्गर हब एण्ड केसीए चिकेन, बिजुलीबजार
२९) अनुपम फुडल्याण्ड, बत्तीसपुतली
३०) रिट्रिप क्याफे, बौद्ध
३१) चिकेन स्टेशन
३२) स्तुपा हब, बौद्ध