२४ फाल्गुन २०८१, शनिबार
March 8, 2025 Saturday
Latest
अहिलेको निर्वाचन प्रणालीबाट एउटै दलले बहुमत ल्याउँछ भन्नु आदर्शवादी कुरा मात्र होः प्रतिनिधिसभा सदस्य पदम… गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैनः गृहमन्त्री लेखक कतारमा कृसु काव्य सन्ध्या जलवायु परिवर्तनको असर : सगरमाथा क्षेत्रमा खाद्य सुरक्षा र महिलाको पोषणमा चुनौती धरानमा ‘अञ्जिला’को भव्य प्रिमियर: निर्देशक भन्छन्, ‘दर्शक प्रतिक्रियाले चलचित्र चल्ने सङ्केत पाएँ’ त्रिभुवन विश्वविद्यालय डिनको कार्यकक्षमा तोडफोडप्रति अनेरास्ववियको निन्दा महिलामाथि हुने शोषणाविरूद्धको सङ्घर्षलाई अझ सशक्त बनाउनुपर्छ : नेता खनाल प्रधानमन्त्रीद्वारा अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना महिलाअधिकार तथा सशक्तीकरणमा राज्य सकारात्मक हुनु खुसीको कुरा हो : पूर्वराष्ट्रपति भण्डारीले महिलामाथि हुने विभेदजन्य हिंसा तथा अवरोधहरू तोड्न आवश्यक छ : परराष्ट्रमन्त्री देउवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजेट प्रतिस्थापन विधेयकबारे व्यवसायीहरुको सकारात्मक प्रतिक्रिया (भिडियो सहित)



अ+ अ-

काठमाडौं । सरकारले ल्याएको बजेट प्रतिस्थापन विधेयकबारे व्यवसायी तथा उद्योगीहरुले सकारात्मक प्रतिक्रिया दिनुभएको छ । 

बजेट प्रतिस्थापन विधेयक साधारण खर्च घटाउने र पूँजीगत खर्च बढाउने र वैदेशिक ऋण घटाउने गरी ल्याएको भन्दै उनीहरुले सकारात्मक रहेको प्रतिक्रिया दिनु भएको हो । अटोमोबाइल्स डिलर्स एसोशिएन ९नाडा० का अध्यक्ष कृष्णप्रसाद दुलालले नेपालमा अब अटोमोबाइल उद्योगहरुको उदय हुने बताउनुभयो । अध्यक्ष दुलालले २०७८÷०७९ को प्रतिस्थापन बजेटमा स्वागत योग्य रहेको बताउँदै उहाँले अब नेपालमा अटोमोबाइल उद्योगहरुको उदय हुने बताउनुभएको हो ।

उहाँले अर्थमन्त्री जनार्दन शर्माले आफ्नो प्रतिस्थापन बजेटमार्फत् एसेम्बल गरी नेपालमा सवारी साधन उत्पाादन गर्ने अनएसेम्बल अवस्थाका शीर्षक ८७.०२, ८७.०३, ८७.११ मा पर्ने सवारीसाधन पैठारी गर्दा लाग्ने अन्तशुल्क र त्यस्ता उद्योगले उत्पादन गरेको तयारी साधन बिक्री गर्दा लाग्ने अन्तशुल्क  महशुलमा ५० प्रतिशत छुट दिने व्यवस्था गर्नुभएको भन्दै यो नेपालमा एसेम्बलिङ उद्योग स्थापनाका लागि कोशेढुङ्गा साबित हुने बताउनुभयो । अध्यक्ष दुलालले कोरोनाको यस्तो बेलामा वर्तमान सरकारले मोटरसाइकलको सेगमेण्टमा भइरहने परिवर्तनले पयोगकर्तालाई थप आर्थिक भार परेको भन्दै सरकारले गत वर्ष कायम गरेकै सेगमेण्टलाई कायम गर्न आग्रह गर्नुभयो ।

अध्यक्ष दुलालले भन्नुभयो, ‘देशको वर्तमान जटिल अवस्थामा पनि २०७८/०७९ को प्रतिस्थापन बजेट आउँदा नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपाललले पनि ठूलै आशा र विश्वास अनि सरकारसँग भरोसा राखेकै हो, नाडाले झन्डै एक दशक अघिदेखि नै आफ्ना बजेट सम्बन्धी सुझावहरुमार्फत् निरन्तर रुपमा सरकारलाई नेपालमा सवारीसाधन उत्पादन गर्ने एसेम्बल उद्योग स्थापनाका लागि अन्तशुल्क र भन्सार महशुल दुवैमा ५० प्रतिशत छुट दिन अनुरोध गर्दै आएकोमा माननीय अर्थमन्त्री जनार्दन शर्माले आफ्नो प्रतिस्थापन बजेट मार्फत् एसेम्बल गरी नेपालमा सवारीसाधन उत्पादन गर्ने उद्योगले अनएसेम्बल अवस्थाका शीर्षक ८७.०१, ८७.०३ र ८७.११ मा पर्ने गरी सवारीसाधन पैठारी गर्दा लाग्ने अन्तशुल्क महशुलमा ५० प्रतिशत छुट दिने स्पष्ट व्यवस्था गरिएकोमा नाडाले यसको स्वागत गर्दै यो निर्णयले नेपालमा सवारीसाधन एसेम्बलिङ उद्योग स्थापनाका लागि कोशेढुङ्गा सावित हुनेछ, यो जुन सरकार आएपनि परिवर्तन हुँदैन भन्ने नाडा विश्वास राख्छ, त्यस्तै कोरोनाको यस्तो महामारीमा मोटरसाइकल धेरै प्रयोगमा आउँछ तर  वर्तमान बजेटले मोटरसाइकलको सेगमेण्टमा भइरहने परिवर्तनले मोटरसाइकल प्रयोगकर्तालाई थप आर्थिक भार परेको छ, सरकारले गत वर्ष कायम गरेको सेगमेण्टलाई कायम गराओस् भन्ने अनुरोध छ ।’

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले साधारण खर्च घटाउने र पूँजीगत खर्च बढाउने र वैदेशिक ऋण घटाउने गरी ल्याएकोले प्रतिस्थापन विधेयक स्वागतयोग्य रहेको बताउनुभयो । उहाँले प्रतिस्थापन विधेयकले आन्तरिक उत्पादनलाई पनि प्राथमिकता दिएको बताउनुभयो ।

वरिष्ठ उपाध्यक्ष ढकालले भन्नुभयो, ‘सरकारले ल्याएको प्रतिस्थापन विधेयकले केही राम्रो कुराहरु पनि राखेका छ, जस्तै साधारण खर्च घटाउने र पूँजीगत खर्च बढाउने र वैदेशिक ऋण घटाउने गरी ल्याइएको छ, सँगै आन्तरिक उत्पादनलाई पनि प्राथमिकतामा राखेको छ, रोजगारी सिर्जना गर्ने कुराहरुलाई प्राथमिकतामा राखेको छ, तर विगतका वर्षहरुमा हामीले बजेट ल्याएपनि कार्यान्वयन नभएको पाएका छौँ, त्यसैले समयमै कार्यान्यन हुनसक्यो भने राम्रो हुन्छ ।’

होटल संघ नेपालका प्रथम उपाध्यक्ष विनायक शाहले प्रतिस्थापन विधेयकले ठूला लगानीहरुमा प्रोत्साहन गर्ने किसिमको बजेट आएको बताउनुभयो । उहाँले प्रतिस्थापन बजेटले शुन्य रहेको व्यवसायलाई केही गर्न सकिन्छ कि भन्ने आशा जगाएको बताउनुभयो । प्रथम उपाध्यक्ष शाहले सरकारले यसलाई समयमै लागू गर्ने आश कमै मात्र रहेको बतानउभयो ।

प्रथम उपाध्यक्ष शाहले भन्नुभयो, ‘प्रतिस्थापन विधेयक ठूला लगानीहरुमा प्रोत्साहन गर्ने किसिमको छ, यसले लगानीकर्ताहरुलाई कोरोना भाइरसका कारण मर्न लागेको व्यवसाय उठ्छ कि भन्ने आशा जगाएको छ, तर यसको कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने बिडम्बना छ, आर्थिक वर्षको दुई महिना त बितिसक्यो तर दशैँ तिहार भनेर कार्यान्वयनमा ढिला नहोस् ।’

प्रथम उपाध्यक्ष शाहले बजेटमा राम्रो कार्यक्रमहरु आएपनि कार्यान्वयनमा समस्या भइरहेको भन्दै सरकारले कार्यान्वयनमा ढिलाइ गर्नु नहुने बताउनुभयो ।