४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि

बजेट प्रतिस्थापन विधेयकबारे व्यवसायीहरुको सकारात्मक प्रतिक्रिया (भिडियो सहित)

बजेट प्रतिस्थापन विधेयकबारे व्यवसायीहरुको सकारात्मक प्रतिक्रिया (भिडियो सहित)
अ+ अ-

काठमाडौं । सरकारले ल्याएको बजेट प्रतिस्थापन विधेयकबारे व्यवसायी तथा उद्योगीहरुले सकारात्मक प्रतिक्रिया दिनुभएको छ । 

बजेट प्रतिस्थापन विधेयक साधारण खर्च घटाउने र पूँजीगत खर्च बढाउने र वैदेशिक ऋण घटाउने गरी ल्याएको भन्दै उनीहरुले सकारात्मक रहेको प्रतिक्रिया दिनु भएको हो । अटोमोबाइल्स डिलर्स एसोशिएन ९नाडा० का अध्यक्ष कृष्णप्रसाद दुलालले नेपालमा अब अटोमोबाइल उद्योगहरुको उदय हुने बताउनुभयो । अध्यक्ष दुलालले २०७८÷०७९ को प्रतिस्थापन बजेटमा स्वागत योग्य रहेको बताउँदै उहाँले अब नेपालमा अटोमोबाइल उद्योगहरुको उदय हुने बताउनुभएको हो ।

उहाँले अर्थमन्त्री जनार्दन शर्माले आफ्नो प्रतिस्थापन बजेटमार्फत् एसेम्बल गरी नेपालमा सवारी साधन उत्पाादन गर्ने अनएसेम्बल अवस्थाका शीर्षक ८७.०२, ८७.०३, ८७.११ मा पर्ने सवारीसाधन पैठारी गर्दा लाग्ने अन्तशुल्क र त्यस्ता उद्योगले उत्पादन गरेको तयारी साधन बिक्री गर्दा लाग्ने अन्तशुल्क  महशुलमा ५० प्रतिशत छुट दिने व्यवस्था गर्नुभएको भन्दै यो नेपालमा एसेम्बलिङ उद्योग स्थापनाका लागि कोशेढुङ्गा साबित हुने बताउनुभयो । अध्यक्ष दुलालले कोरोनाको यस्तो बेलामा वर्तमान सरकारले मोटरसाइकलको सेगमेण्टमा भइरहने परिवर्तनले पयोगकर्तालाई थप आर्थिक भार परेको भन्दै सरकारले गत वर्ष कायम गरेकै सेगमेण्टलाई कायम गर्न आग्रह गर्नुभयो ।

अध्यक्ष दुलालले भन्नुभयो, ‘देशको वर्तमान जटिल अवस्थामा पनि २०७८/०७९ को प्रतिस्थापन बजेट आउँदा नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपाललले पनि ठूलै आशा र विश्वास अनि सरकारसँग भरोसा राखेकै हो, नाडाले झन्डै एक दशक अघिदेखि नै आफ्ना बजेट सम्बन्धी सुझावहरुमार्फत् निरन्तर रुपमा सरकारलाई नेपालमा सवारीसाधन उत्पादन गर्ने एसेम्बल उद्योग स्थापनाका लागि अन्तशुल्क र भन्सार महशुल दुवैमा ५० प्रतिशत छुट दिन अनुरोध गर्दै आएकोमा माननीय अर्थमन्त्री जनार्दन शर्माले आफ्नो प्रतिस्थापन बजेट मार्फत् एसेम्बल गरी नेपालमा सवारीसाधन उत्पादन गर्ने उद्योगले अनएसेम्बल अवस्थाका शीर्षक ८७.०१, ८७.०३ र ८७.११ मा पर्ने गरी सवारीसाधन पैठारी गर्दा लाग्ने अन्तशुल्क महशुलमा ५० प्रतिशत छुट दिने स्पष्ट व्यवस्था गरिएकोमा नाडाले यसको स्वागत गर्दै यो निर्णयले नेपालमा सवारीसाधन एसेम्बलिङ उद्योग स्थापनाका लागि कोशेढुङ्गा सावित हुनेछ, यो जुन सरकार आएपनि परिवर्तन हुँदैन भन्ने नाडा विश्वास राख्छ, त्यस्तै कोरोनाको यस्तो महामारीमा मोटरसाइकल धेरै प्रयोगमा आउँछ तर  वर्तमान बजेटले मोटरसाइकलको सेगमेण्टमा भइरहने परिवर्तनले मोटरसाइकल प्रयोगकर्तालाई थप आर्थिक भार परेको छ, सरकारले गत वर्ष कायम गरेको सेगमेण्टलाई कायम गराओस् भन्ने अनुरोध छ ।’

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले साधारण खर्च घटाउने र पूँजीगत खर्च बढाउने र वैदेशिक ऋण घटाउने गरी ल्याएकोले प्रतिस्थापन विधेयक स्वागतयोग्य रहेको बताउनुभयो । उहाँले प्रतिस्थापन विधेयकले आन्तरिक उत्पादनलाई पनि प्राथमिकता दिएको बताउनुभयो ।

वरिष्ठ उपाध्यक्ष ढकालले भन्नुभयो, ‘सरकारले ल्याएको प्रतिस्थापन विधेयकले केही राम्रो कुराहरु पनि राखेका छ, जस्तै साधारण खर्च घटाउने र पूँजीगत खर्च बढाउने र वैदेशिक ऋण घटाउने गरी ल्याइएको छ, सँगै आन्तरिक उत्पादनलाई पनि प्राथमिकतामा राखेको छ, रोजगारी सिर्जना गर्ने कुराहरुलाई प्राथमिकतामा राखेको छ, तर विगतका वर्षहरुमा हामीले बजेट ल्याएपनि कार्यान्वयन नभएको पाएका छौँ, त्यसैले समयमै कार्यान्यन हुनसक्यो भने राम्रो हुन्छ ।’

होटल संघ नेपालका प्रथम उपाध्यक्ष विनायक शाहले प्रतिस्थापन विधेयकले ठूला लगानीहरुमा प्रोत्साहन गर्ने किसिमको बजेट आएको बताउनुभयो । उहाँले प्रतिस्थापन बजेटले शुन्य रहेको व्यवसायलाई केही गर्न सकिन्छ कि भन्ने आशा जगाएको बताउनुभयो । प्रथम उपाध्यक्ष शाहले सरकारले यसलाई समयमै लागू गर्ने आश कमै मात्र रहेको बतानउभयो ।

प्रथम उपाध्यक्ष शाहले भन्नुभयो, ‘प्रतिस्थापन विधेयक ठूला लगानीहरुमा प्रोत्साहन गर्ने किसिमको छ, यसले लगानीकर्ताहरुलाई कोरोना भाइरसका कारण मर्न लागेको व्यवसाय उठ्छ कि भन्ने आशा जगाएको छ, तर यसको कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने बिडम्बना छ, आर्थिक वर्षको दुई महिना त बितिसक्यो तर दशैँ तिहार भनेर कार्यान्वयनमा ढिला नहोस् ।’

प्रथम उपाध्यक्ष शाहले बजेटमा राम्रो कार्यक्रमहरु आएपनि कार्यान्वयनमा समस्या भइरहेको भन्दै सरकारले कार्यान्वयनमा ढिलाइ गर्नु नहुने बताउनुभयो ।