२७ भाद्र २०८३, शनिबार
,
Latest
महाधिवेशनको तिथिमिति तलमाथि गर्नु हुँदैन: कांग्रेस नेता अब्दुल सत्तार ‘हामी सरकारलाई साथ दिन र मिलेर काम गर्न तयार छौं, तर सरकार पनि सहकार्यका लागि… नेपालले पाउनुपर्ने जलवायु न्याय पौडेलको ‘एड गुरु सिद्धान्त र अनुभव’ सार्वजनिक बेँसीसहर-चामे सडक आज दिनभर बन्द हुने नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य आज विश्व प्राथमिक उपचार दिवस जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रीपरिषद् बैठकको निर्णय: सरकारले एसपीपी अघि नबढाउने (भिडियोसहित)



अ+ अ-

काठमाडौं । सरकारले संयुक्त राज्य अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)अघि नबढाउने निर्णय गरेको छ । असार ६ गते बसेको मन्त्रीपरिषद् बैठकले संयुक्त राज्य अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)अघि नबढाउने निर्णय गरेको हो ।

मंगलवार मन्त्रीपरिषद्का निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सबै सरकारी निकायहरुले कुटनैतिक सम्बन्धका विषयहरुमा पत्राचार गर्दा अनिवार्यरुपमा परराष्ट्र मन्त्रालयमार्फत गर्ने निर्णय भएको पनि बताउनु भयो । त्यस्तै सरकारले नेपालको शिक्षा क्षेत्रको विकास तथा विश्वसामु नेपाललाई चिनाउन निर्णयक योगदानको कदरस्वरुप जयपृथ्वी बहादुर सिंहलाई नेपालको राष्ट्रिय विभूति घोषणा गर्ने निर्णयसमेत गरेको छ ।

त्यस्तै नेपाल प्रशासन सेवा समूहिकीकरण तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा सहसचिव विनोदप्रकाश सिंहलाई बढुवा गर्ने निर्णय भएको छ । प्रवक्ता कार्कीले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई नेपाल वायुसेवा निगम ऐन २०१९ को दफा २० बमोजिम निलम्वन गरी निजउपर जाँचको कार्य अघि बढाउने र कोहलपुर सुर्खेत १३२ केबी प्रशारण लाइन आयोजनाका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय भएको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संयुक्त राज्य अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अघि नबढाउने । सबै सरकारी निकायहरुले कुटनैतिक सम्बन्धका विषयहरुमा पत्राचार गर्दा अनिवार्यरुपमा परराष्ट्र मन्त्रालयमार्फत गर्ने । नेपाल प्रशासन सेवा समूहीकरण तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा सहसचिव विनोदप्रकाश सिंहलाई बढुवा गर्ने । नेपालको शिक्षा क्षेत्रको विकास तथा विश्वसामु नेपाललाई चिनाउन निर्णायक योगदानको कदरस्वरुप जयपृथ्वी बहादुर सिंहलाई नेपालको राष्ट्रिय विभूति घोषणा गर्ने ।

नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्री युवराज अधिकारीलाई नेपाल वायुसेवा निगम ऐन २०१९ को दफा २० बमोजिम निलम्वन गरी निजउपर जाँचबुझको
कार्य अघि बढाउने । कोहलपुर–सुर्खेत १३२ केबी प्रशारण लाइन आयोजनाका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने । राष्ट्रिय समाचार समितिको रिक्त अध्यक्ष पदमा श्री धर्मेन्द्र झा, धनुषालाई नियुक्ति गर्ने ।’ प्रवक्ता कार्कीले सरकारले राष्ट्रिय समाचार समिति (रासस) को रिक्त पदमा धर्मेन्द्र झालाई नियुक्ति गर्ने निर्णय गरेको पनि बताउनु भयो ।